उदयपुरमा कोरोना भाइरस संक्रमित फेला परेपछि गाउँपालिकाले गरे नाका सिल | Khabarhub Khabarhub

उदयपुरमा कोरोना भाइरस संक्रमित फेला परेपछि गाउँपालिकाले गरे नाका सिल


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरमा कोरोना भाइरस सङ्क्रमित १२ जना फेला परेपछि खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नाका सिल गरिएको छ । 

छिमेकी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेपछि गाउँपालिकास्तरीय कोरोना भाइरस सङ्क्रमण तथा नियन्त्रण समन्वय समितिको बैठकले गाउँपालिकाको हरेक नाकालाई सिल गर्ने निर्णय गरेको हो ।

उदयपुरबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवेश गर्ने नाका, छिमेकी गाउँपालिका, भोजपुरसँग जोडिएका नाकालाई अनिश्चितकालका लागि सिल गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।

“गाउँपालिकाको तल्लो क्षेत्र उदयपुरको सिमानासँग जोडिएकाले कोरोना भित्रिन सक्ने खतरा देखिएको छ”, उनले भने, “उदयपुरसँगै जिल्लाभित्र अन्य स्थानीय तहका बासिन्दालाई प्रवेश गर्न तथा आफ्नो गाउँपालिकाभित्रकालाई बाहिरिनसमेत बन्देज गरिएको छ ।”

प्रशासनको सवारी पास लिएर आएका व्यक्तिलाई समेत गाउँपालिका प्रवेश गर्न नदिइने गाउँपालिका प्रमुख राईले जानकारी दिए। समन्वय समितिको बैठकले सो गाउँपालिकाको वडा नम्बर–४ बतासेको भँडारेघाटस्थित पञ्चकौशिका माविमा २० श्ययाको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ९ : २९ बजे

इलाम २ : सुहाङको फराकिलो अग्रता, मिलनलाई जमानत जोगाउन सकस

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

दिल्लीविरुद्ध कोलकत्ताको सानदार जित

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल)मा दिल्ली क्यापिटल्सविरुद्ध कोलकाता नाइट

इलाम २ : डकेन्द्रले कटाए १० हजार मत, सुहाङको अग्रता कायमै

काठमाडौं । प्रतिनिधिसभाका लागि इलाम क्षेत्र नम्बर २ मा शनिबार

सकियो लगानी सम्मेलन, निजी क्षेत्रले १० अर्बको प्रतिबद्धता जुटाउँदा सरकार शून्यमा !

काठमाडौं – सरकार र निजी क्षेत्रले आयोजना गरेको ‘उदयीमान नेपाल

श्रमिकको अवस्था सन्तोषजनक छैन : मन्त्री अर्याल

काठमाडौं – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डिपी अर्यालले संविधानले