उदयपुरमा कोरोना भाइरस संक्रमित फेला परेपछि गाउँपालिकाले गरे नाका सिल « Khabarhub

उदयपुरमा कोरोना भाइरस संक्रमित फेला परेपछि गाउँपालिकाले गरे नाका सिल


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

उदयपुर – उदयपुरमा कोरोना भाइरस सङ्क्रमित १२ जना फेला परेपछि खोटाङको दिप्रुङ चुइचुम्मा गाउँपालिकाको नाका सिल गरिएको छ । 

छिमेकी जिल्लामा कोरोना भाइरसबाट सङ्क्रमित व्यक्ति फेला परेपछि गाउँपालिकास्तरीय कोरोना भाइरस सङ्क्रमण तथा नियन्त्रण समन्वय समितिको बैठकले गाउँपालिकाको हरेक नाकालाई सिल गर्ने निर्णय गरेको हो ।

उदयपुरबाट दिप्रुङ चुइचुम्मा गाउँपालिका प्रवेश गर्ने नाका, छिमेकी गाउँपालिका, भोजपुरसँग जोडिएका नाकालाई अनिश्चितकालका लागि सिल गर्ने निर्णय गरिएको गाउँपालिका प्रमुख भूपेन्द्र राईले बताए ।

“गाउँपालिकाको तल्लो क्षेत्र उदयपुरको सिमानासँग जोडिएकाले कोरोना भित्रिन सक्ने खतरा देखिएको छ”, उनले भने, “उदयपुरसँगै जिल्लाभित्र अन्य स्थानीय तहका बासिन्दालाई प्रवेश गर्न तथा आफ्नो गाउँपालिकाभित्रकालाई बाहिरिनसमेत बन्देज गरिएको छ ।”

प्रशासनको सवारी पास लिएर आएका व्यक्तिलाई समेत गाउँपालिका प्रवेश गर्न नदिइने गाउँपालिका प्रमुख राईले जानकारी दिए। समन्वय समितिको बैठकले सो गाउँपालिकाको वडा नम्बर–४ बतासेको भँडारेघाटस्थित पञ्चकौशिका माविमा २० श्ययाको क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ९ : २९ बजे

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।