सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य « Khabarhub

सुदूरपश्चिम प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनगढी- सुदूरपश्चिम प्रदेशकी प्रमुख शर्मिलाकुमारी पन्तले संविधानबमोजिम सुदूरपश्चिम प्रदेशसभाको पाँचौँ अधिवेशन (हिउँदे अधिवेशन) आइतबार राति १२ बजेबाट लागू हुने गरी अन्त्य गरेकी छिन् ।

कोरोनाबाट उत्पन्न वर्तमान परिस्थितिका कारण प्रदेशसभाको अधिवेशन अन्त्य गरिएको हो ।

प्रदेशसभा सचिवालयद्वारा आइतबार प्रकाशित सूचनामा प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त पत्रानुसार प्रदेशसभाको हिँउदे अधिवेशन विसं २०७७ वैशाख ७ गते राति १२ बजे लागू हुने गरी अन्त्य गरिएको उल्लेख गरिएको छ ।

गएको माघ ६ गते शुरु भएको हिँउदे अधिवेशनले पारित गरेको ‘निजी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ र ‘साझेदारी व्यवसाय दर्ता गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७६’ प्रदेश प्रमुखबाट प्रमाणीकरणसमेत भइसकेको छ ।

प्रदेशसभा सचिवालयमा दर्ता भएको अन्य पाँच वटा विधेयक छलफलका क्रममा रहेका थिए । विधेयक अधिवेशनका रूपमा लिइने हिँउदे अधिवेशनको जारी बैठक गएको फागुन ११ गते अर्को सूचना प्रकाशित नभएसम्मका लागि सभामुखले स्थगन गरेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ९ : ४१ बजे

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।