बीसीजी खोप प्रयोग गरिएकामा प्रतिरोधी क्षमता बढी, नेपालमा कोरोनाको मृत्युदर कम हुन सक्ने « Khabarhub

बीसीजी खोप प्रयोग गरिएकामा प्रतिरोधी क्षमता बढी, नेपालमा कोरोनाको मृत्युदर कम हुन सक्ने


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकी शोधकर्ताहरुको एक अध्ययनले बीसीजी (बेसिलस क्यालमेट गुएरिन) खोपको ठूलो मात्रामा प्रयोग गरिएका मानिसमा रोग प्रतिरोधात्मक क्षमता बढी हुने निचोड निकालेको छ ।

क्षयरोग (ट्युबरकुलोसिस) विरुद्ध रोग प्रतिरोधी क्षमता बढाउन लगाइने बीसीजी खोपले कोरोना भाइरसको संक्रमणबाट जोगाउन पनि केही कम गर्ने शोधकर्ताहरुको अध्ययनले देखाएको छ ।

बीसीजी खोप लगाइएका देशहरुमा कोरोनाभाइरसको संक्रमणबाट हुने मृत्युदर अन्य देशहरुको तुलनामा ६ गुणा कम पाइएको छ ।

जोन्स हप्किन्स ब्लुमबर्ग स्कुल अफ पब्लिक हेल्थका विशेषज्ञहरुले गरेको उक्त अध्ययनको परिणामलाई आर्काइभ साइट मेडरिक्सिभमा प्रकाशित गरिएको छ । स्वास्थ्य विशेषज्ञको समीक्षापछि यसलाई मेडिकल जर्नलमा पनि प्रकाशित गरिने तयारी भएको छ ।

बेलायती प्रख्यात पत्रिका डेलीमेलमा प्रकाशित समाचारअनुसार बीसीजी खोप दिइएको व्यक्तिहरुमा रोग प्रतिरोधी क्षमता बढी हुने र अन्य व्यक्तिहरुको तुलनामा स्वयंलाई संक्रमणविरुद्ध धेरै सुरक्षित राख्न सक्ने पाइएको छ ।

नेपालमा पनि २०३४ पनि बीसीजी खोपको प्रयोग ब्यापक मात्रामा गरिदै आएकाले कारोनाबाट हुने मृत्यु दर कम हुने आकलन सुरु भएका छन् ।

नेपालमा आइतबारसम्म ३१ जना कोरोना भाइरसका संक्रमित देखिएकामा ४ जना उपचारपछि ठीक भएर घर फर्किसकेका छन् ।

यद्यपि बीसीजी खोप लगाउनेहरुको कोरोनाभाइरस संक्रमणबाट मृत्युदर कम भएको पाइए पनि यसबाट संक्रमणको खतरा कम हुने या नहुने भन्नेबारे आधिकारिक पुष्टि गरिएको छैन ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १० : १३ बजे

रियाद विमानस्थलमा हुथी आक्रमणपछि साउदी अरबद्वारा हवाई रक्षा प्रणालीमाथि अनुसन्धान

एजेन्सी– साउदी अरबले राजधानी रियादस्थित किङ खालिद अन्तर्राष्ट्रिय विमानस्थलमा भएको

मुस्ताङबाट हालसम्म ३० प्रतिशत मात्र स्याउ निकासी

मुस्ताङ– हालसम्म मुस्ताङमा उत्पादित ३० प्रतिशतमात्रै स्याउ जिल्ला बाहिर निकासी

दसैँको सँघारमा किसानलाई धान भित्र्याउने चटारो

राँझा– चारैतिर दसैँको रौनकता छाएका बेला बाँकेका किसानलाई भने यतिबेला

सशस्त्र प्रहरीका कर्मचारीलाई राहत रकम हस्तान्तरण

काठमाडौं– सशस्त्र प्रहरी कर्मचारी तथा उनीहरूका आश्रित परिवार र अवकाशप्राप्त

चार महिनापछि गुल्मीमा हवाई सेवा सञ्चालन

गुल्मी– रेसुङ्गा विमानस्थलको हवाई सेवा आजबाट पुनः सञ्चालनमा आएको छ ।