लकडाउनले खान र बस्नको समस्याले अफ्ट्यारो भए फोन गर्नुस् : नेकपा « Khabarhub

लकडाउनले खान र बस्नको समस्याले अफ्ट्यारो भए फोन गर्नुस् : नेकपा


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले लकडाउनका कारण खानबस्नको समस्याले काठमाडौंं नछाड्न आग्रह गरेको छ ।

नेकपाको काठमाडौं जिल्ला कमिटीले एक अपिल जारी गर्दै श्रमिकहरुलाई यथास्थानमा बस्न आग्रह गरेको हो । खान र बस्नको समस्याले कसैले काठमाडौं छोड्नुपर्ने अवस्था नआउने नेकपा काठमाडौं जिल्ला कार्यालयको अपिलमा जनायएको छ ।

‘तपाई रहनु भएको वडाका जनप्रतिनिधि, मेयर, उपमेयर, जिल्ला समन्वयका प्रमुख, उपप्रमुख, सदस्य, प्रदेश तथा संघीय सांसदहरुको सम्पर्कमा पुग्नुहोस्, अपिलमा भनिएको छ, ‘तपाईको समस्या समाधान हुनेछ । आवश्यक परेमा नेकपाको जिल्ला, नगर र वडा कमिटीहरु हरदम समन्वय गर्न तयार छ । ‘

अफ्ट्यारोमा परेकालाई सहयोग गर्न काठमाडौं जिल्ला कमिटीका सदस्यहरुको नाम र टेलिफोन नम्बरसमेत उपलव्ध गराइएको छ ।

काठमाडौं जिल्ला अध्यक्ष कृष्ण राई र सचिव हिमाल शर्माले जारी गरेको विज्ञप्तिमा सामाजिक दूरी काम गर्दै लकडाउनको पूर्ण पालना गर्न र कुनै अफवाको पछी नलाग्नसमेत अपिल गरिएको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १० : २३ बजे

पूर्वाधार निर्माण गर्दा पर्यावरण संरक्षणलाई ध्यान दिन मुख्यमन्त्री बानियाँको आग्रह

मकवानपुर – बागमतीका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले प्रत्येक भौतिक पूर्वाधार निर्माण

रिहा भए छविलाल जोशी

काठमाडौँ – सहकारी ठगी प्रकरणमा कारागार चलान भएका छविलाल जोशी

टि–२० विश्वकप क्रिकेटका लागि प्रारम्भिक नेपाली टोली घोषणा

काठमाडौं – आगामी फेब्रुअरी ७ देखि मार्च ८ तारिखसम्म भारत

प्रधानमन्त्री कार्की र रास्वपा सभापति रवि लामिछानेबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का

अनलाइन टेलिभिजनको दर्ता र सूचीकरणको काम गरिने

काठमाडौं – सरकारले अनलाइन टेलिभिजनको दर्ता र सूचीकरण गर्ने भएको