लकडाउनमा ‘चुल्हो बल्न’ छाडेकाहरुलाई क्षेत्रपाटीमा खानाको प्रबन्ध (फोटोफिचर) « Khabarhub

लकडाउनमा ‘चुल्हो बल्न’ छाडेकाहरुलाई क्षेत्रपाटीमा खानाको प्रबन्ध (फोटोफिचर)


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा कोरोना भाइरसको सम्भावित जोखिम रोक्न सरकारले लागू गरेको लकडाउनको आज २८ औं दिन पुगेको छ ।

करिब एक महिना कामविहीन हुँदा निम्न आय भएका नागरिकहरुको घरमा चुल्हो बल्न छाडिसकेको छ ।

यस्तो अवस्थामा सरकारले उनीहरुलाई राहतको व्यवस्था गरे पनि वास्तविक पीडित समक्ष पुग्न नसकेको जनगुनासाहरु समेत आइरहेका छन् ।

यही असहज अवस्थालाई मध्यनजर गर्दै काठमाडौं महानगर वडा नं. १७  क्षेत्रपाटी धोविचौरका स्थानीय युवाहरुले दैनिक खानपानको प्रबन्ध मिलाएका छन् ।

लक्ष्मी बहादुर शाही, किशोर मघैया र रुपेश शाहिको संयोजकतामा २५ जना युवाहरुको समूहले निम्न आय भएका परिवारलाई दैनिक व्यवस्थित रुपमा खानको प्रबन्ध मिलाएका हुन् ।

हरेक दिन साँझ ५ बजे देखि ७ बजेसम्म उनीहरुले विभिन्न दाताहरुको सहयोगमा खाना खुवाउँदै आइरहेका छन् ।

गत वैशाख ३ गते देखि शुरु गरिएको यस अभियानमा आइतबारसम्म ९४० जनालाई खाना खुवाइएको स्वयंसेवक किरन डङ्गोलले बताए ।

खाना पकाउने ठाउँदेखि लिएर वितरण गर्ने स्वयंसेवकहरुले पीपीई लगाएर खाना खान आउनेलाई सेवा दिँदै आएका छन् । खाना खान आउने सम्पूर्ण व्यक्तिहरुलाई सामाजिक दुरी ३ मिटर कायम गरी लाइनमा राख्ने गरिएको उनले बताए ।

 

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ११ : ३५ बजे

मोटरसाइकल डिभाइडरमा ठोक्किँदा दुई जनाको मृत्यु

सुनसरी – सुनसरीको इटहरी उपमहानगरपालिका–७ बालग्रामस्थित पूर्व–पश्चिम लोकमार्गमा मोटरसाइकल डिभाइडरमा

बाँदरले दुःख नदिने अकबरे खेतीबाट वालिङका किसान उत्साहित

स्याङ्जा – स्याङ्जाको वालिङ–१३ तारुखोलामा धान र मकै बाली छोडेर

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

काठमाडौँ – नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज अपराह्न

नेपालको परराष्ट्र नीति दिग्भ्रमको दिशामा उन्मुख भयो : ज्ञवाली

काठमाडौँ – पूर्वपरराष्ट्रमन्त्री एवम् एमाले उपअध्यक्ष प्रदीप ज्ञवालीले सरकारको कमजोर

जन्मथलो बेनीबाट प्रकाश दुतराजको नयाँ साङ्गीतिक यात्रा

म्याग्दी – गायक प्रकाश दुतराजले जन्मथलो म्याग्दीबाट सामूहिक लोकसङ्गीत साङ्गीतिक