युरोपका देशहरुले खुकुलो गर्न थाले लकडाउन « Khabarhub

युरोपका देशहरुले खुकुलो गर्न थाले लकडाउन


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – युरोपका केही देशहरुले कोरोनाभाइरस (कोभिड–१९) रोकथामका लागि जारी लकडाउन खुकुलो पार्न सुरु गरेका छन् ।

संक्रमितहरुको संख्या धेरै रहेको मध्येको मुलुक जर्मनीले सोमबारबाट साना पसल खोल्न अनुमति दिएको छ । त्यस्तै उसले परीक्षा नजिकिँदै गरेका विद्यालय र कलेज सुचारु गर्ने भएको छ ।

पोल्यान्डले पनि सोमबारबाटै सबै पार्क र जंगल खुला गरेको छ । चेक गणतन्त्रमा व्यापारका लागि हवाई मार्ग सुचारु गरिएको छ। त्यस्तै नर्वेले साना बालबालिकाका लागि विद्यालय खुला गरेको छ ।

अर्को युरोपेली राष्ट्र अल्बानियाले खानी र तेल उद्योग सञ्चालन गर्ने तयारी गरेको छ । डेनमार्कले पनि विद्यालय तथा हेयरड्रेसर ट्याटु सेन्टरहरु पनि खोलेको छ ।

तर धेरै प्रभावित मुलुक इटलीमा भने तत्कालै लकडाउन नखुल्ने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसाइ इटलीमा अकै केही महिना लकडाउनको सम्भावना रहेको छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  १२ : ३३ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म