७ वर्षीया छोरीको घाँटी थिची हत्या गरे, आत्महत्या गरेको भन्दै अस्पताल लगे « Khabarhub

७ वर्षीया छोरीको घाँटी थिची हत्या गरे, आत्महत्या गरेको भन्दै अस्पताल लगे


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– पर्सा प्रहरीले आफ्नै छोरीको हत्या गरेर आत्महत्या गरेको देखाउने बाबुलाई पक्राउ गरेको छ ।

पर्साको वीरगन्ज महानगरपालिका–१ छप्कैया टोलका २९ वर्षीय संजय सर्राफ भनिने संयज कुमार साहले गत चैत ११ गते आफ्नी छोरी झुन्डिएको अवस्थामा फेला परेको भन्दै प्रहरीलाई खबर गरेका थिए ।

७ वर्षीया छोरीले अंशुले आत्महत्या गर्न खाजेको भन्दै संजयले झुन्डिएको अवस्थामा फेला पारेर अस्पताल लैजान लगेको प्रहरीलाई सूचना दिएका थिए ।

केही छिनपछि उनले छोरीलाई वीरगन्जको नारायणी अस्पताल लैजान लगेकामा बाटोमै मृत्यु भएको अर्को सूचना प्रहरीलाई दिए ।

प्रहरी उनको घरमै पुग्यो । शवको पोस्टमार्टमका लागि नारायणी अस्पतालमै लगियो । पोस्टमार्टमका क्रममा बालिकाको मृत्यु भनिएको समयभन्दा निकै अगाडि भएको फेला पर्‍यो ।

त्यसपछि प्रहरीले बालिकाको हत्या हुन सक्ने आशंका गर्‍यो । अन्ततः बालिकाको हत्यामा बाबु संजयकै हात रहेको निष्कर्षसहित प्रहरीले वैशाख ४ गते उनलाई पक्राउ गर्‍यो ।

प्रहरीसँगको बयानका क्रममा संजयले छोरी अंशुको घाँटी थिची हत्या गरेको स्वीकार गरेका छन् । हत्याको कसुरबाट बच्न मात्रै छोरीले आत्महत्या गरेको देखाउन खोजेको पनि उनले बयानमा बताएका छन् ।

तर, प्रहरीले हत्याको कारण भने खुलाएको छैन । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साको भनाइ छ ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  २ : १८ बजे

शोभा पाठकले महेश बस्नेतविरुद्ध दिइन् प्रहरीमा अर्को निवेदन

काठमाडौं- नेकपा एमालेका सचिव महेश बस्नेतलाई पक्राउ गर्न माग गर्दै

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट