लकडाउनका बेला मोरङमा बढ्यो मदिराको तस्करी « Khabarhub

लकडाउनका बेला मोरङमा बढ्यो मदिराको तस्करी


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले जारी गरेको लकडाउनका बेला प्रहरीले अवैध रुपमा ओसारपसार भइरहेको मदिरा बरामद गरेको छ ।

प्रहरीले मोरङको रतुवामाई नगरपालिका–४ बाट १८० बोतल कर्णाली नामक अवैध मदिरा प्रहरीले बरामद गरेको छ । २ वटा साइकलबाट अवैध रुपमा ओसारपसार गरिरहेको उक्त मदिरा प्रतिबोतलमा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी नायब उपरीक्षक मानबहादुर राईले जानकारी दिए । मदिरा ओसारपसार गर्ने साइकल चालक भने प्रहरीलाई देख्नेवित्तिकै भागेका थिए ।

यसैगरी, भारततर्फ रक्सी लैजाने क्रममा एकजनालाई जिल्ला प्रहरी कार्यालयले पक्राउ गरी आन्तरिक राजश्व कार्यालय विराटनगरमा बुझाएको छ । आइतबार दिउँसो टेम्पुमा ३० कार्टुन रक्सी लोड गरी भारततर्फ लैजाने क्रममा पक्राउ परेका व्यक्तिलाई तीन महिना कैदबापत २७ हजार र थप जरिवाना रु १५ हजार गरी रु ४२ हजार धरौटी बुझी रिहा गरेको तथा टेम्पो र रक्सी नियन्त्रणमा रहेको कार्यालय प्रमुख विमल सापकोटाले जानकारी दिए ।

यस्तै मोरङमा लकडाउन उल्लङ्घन गर्ने २ हजार ३२० सवारी साधनलाई प्रहरीले नियन्त्रण लिइकामा २ हजार १८५ सवारी छाडिएको र सोही अवधिमा ७३६ जना मानिस लकडाउन उल्लङ्घन गर्ने क्रममा पक्राउ परी ती सबैलाई छाडिसकेको नायब उपरीक्षक राईले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  २ : ३६ बजे

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

दाङमा रास्वपा कार्यकर्ताले जलाए एमालेको झण्डा

काठमाडौं – दाङमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कार्यकर्ताले नेकपा एमालेको

एपस्टीन फाइल प्रकरण : हरदीप सिंह पुरीमाथि विपक्षको प्रश्न, मन्त्रीद्वारा आरोप अस्वीकार

नयाँ दिल्ली- अमेरिकी न्याय विभागले हालै सार्वजनिक गरेको ‘एपस्टीन फाइल’

लागूपदार्थसहित विभिन्न स्थानबाट सोह्र जना पक्राउ

काठमाडौं– देशका विभिन्न भागबाट लागूपदार्थसमेत १६ जना पक्राउ परेका छन्।