सजिलै पार्टी फुटाउन मिल्ने व्यवस्था गर्न अध्यादेश ल्याउने सरकारको निर्णय « Khabarhub

सजिलै पार्टी फुटाउन मिल्ने व्यवस्था गर्न अध्यादेश ल्याउने सरकारको निर्णय


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सजिलै राजनीतिक पार्टी विभाजन गर्न मिल्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको छ ।

सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमध्ये एउटामा मात्रै ४० प्रतिशत पुग्ने व्यवस्था गर्न अध्यादेश ल्याउने निर्णय गरेको हो ।

यसअघि पार्टी विभाजन गरी नयाँ दल दर्ताका लागि पार्टीको संसदीय दल र केन्द्रीय समितिमा ४० प्रतिशत पुर्‍याउनुपर्ने व्यवस्था थियो ।

यसअघि राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा (३३)को उपदफा (२) मा कुनै पार्टीका ४० प्रतिशत केन्द्रीय सदस्य र सांसदले छुट्टै नयाँ दल गर्न पाउने व्यवस्था गरिएको थियो ।

दफा ३३ को उपदफा (२)मा भनिएको थियो, ‘कुनै दलको केन्द्रीय समिति र सङ्घीय संसदका संसदीय दलका कम्तीमा चालीस प्रतिशत सदस्यले छुट्टै नयाँ दल बनाएमा वा अर्को कुनै दलमा प्रवेश गरेमा वा त्यस्ता सदस्यहरु समेत भई नयाँ दल गठन गरेमा त्यस्तो संसदीय दलका सदस्यले दल त्याग गरेको मानिने छैन ।’

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ३ : ४३ बजे

महाकाली पुल : ‘गाइडबन्ड’को परिवर्तित ढाँचा स्वीकृत नहुँदा अलपत्र

महेन्द्रनगर– दुई वर्षअघि निर्माण सम्पन्न गर्ने योजनासहित कामलाई तीव्रता दिइएको

पूर्व महान्यायाधिवक्ता संग्रौला भन्छन, ‘पूर्वमन्त्री-प्रधानमन्त्री पक्राउ गर्दा पूर्वजानकारी गराएको भए राम्रो हुन्थ्यो’

काठमाडौं- पूर्व महान्यायाधिवक्ता डा. युवराज संग्रौलाले सरकारले केपी शर्मा ओलीसहितका

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय