लकडाउनका बेला मासु पसलको अलग्गै ठगी धन्दा « Khabarhub

लकडाउनका बेला मासु पसलको अलग्गै ठगी धन्दा


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

कमलविनायक– भक्तपुर नगरपालिकाले दत्तात्रय, च्याम्हासिंह, कमलविनायक र लान्चाफल्चालगायतका क्षेत्रमा सञ्चालित राँगोको मासु पसलमा अनुगमन गरेको छ ।

नगरपालिकाको पसल अनुगमन समितिका संयोजक राजकृष्ण गोराको संयोजकत्वमा भएको अनुगमनमा अधिकांश मासु पसलले उपभोक्ता ठगी गरेको पाइएपछि तराजु जफत गरिएको छ ।

कोभिड–१९ महामारी नियन्त्रण गर्न सरकारले लकडाउन घोषणा गरेको अवस्थामा मासु पसलेले मनपरी मूल्य लिई कालोबजारी गरी राँगोको मासु महँगोमा बिक्री वितरण गरेको, न्यूनतम मापदण्ड नपुगेको पाइएपछि अधिकांश पसलका तराजु जफत गरिएको संयोजक राजकृष्ण गोराले जानकारी दिए ।

अनुगमनमा सालागणेश मिट सप, बालकुमारी कोल्ड स्टोर, रत्न शाहीको राँगोको मासु पसल, महिमा मिट सप, सुमन मिट सप दर्ता नवीकरण नगरेको, ढक तराजु नापतौल विभागमा नवीकरण नगरेको, डिजिटल तराजु प्रयोग नगरेको, मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग नगरेको, महँगोमा मासु बिक्री र मूल्यसूची नराखेको पाएपछि ती सबै पसलको एक एक थान तराजु जफत गरेको छ ।

अनुगमन गरिएका सबै पसललाई देखिने गरी मूल्यसूची राख्न, कालो बजारी नगर्न, कुखुरा र राँगोको मासु छुट्टै फ्रिजमा राख्न, मासु झिँगा नभन्किने गरी जालीले छोप्न, ढक तराजु नापतौल विभागमा नवीकरण गर्न, पसलमा मास्क, पञ्जा र सेतो एप्रोन प्रयोग गर्न, सफाइमा ध्यान दिन निर्देशन दिएको अनुगमनका निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ४ : ०५ बजे

चीनले नेपाललाई हस्तान्तरण गर्‍यो, एआई जडित मौसमी सूचना प्रणाली

काठमाडौं । चीनले नेपाललाई एआई जडित मौसमी सूचना प्रणाली हस्तान्तरण

विकास निर्माणमा ढिलासुस्ती र गुणस्तरहीन काम सह्य हुँदैन : मुख्यमन्त्री थापा

हेटौँडा ।  वाग्मती प्रदेशका मुख्यमन्त्री किरण थापाले विकास निर्माणका काममा

कांग्रेसको देशैभर पालिका अधिवेशन असोज ७ गते

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत स्थानीय तहको सांगठनिक संरचना

इरान युद्ध, एआई र राष्ट्रसङ्घको भविष्यबीच ट्रम्पको राष्ट्रसङ्घमा पुनरागमन

अमेरिकी – राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलवार संयुक्त राष्ट्रसङ्घको महासभालाई सम्बोधन

मध्यपूर्वको युद्ध अब रोकिनै पर्छ : गुटेरेस

काठमाडौं । राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरसले मध्यपूर्वको युद्ध अब रोकिनैपर्ने बताएका