पार्टी फुट्ने चर्चाका बीच नेकपाको सचिवालय बैठक बस्दै « Khabarhub

पार्टी फुट्ने चर्चाका बीच नेकपाको सचिवालय बैठक बस्दै


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आकस्मिक रुपमा सचिवालय बैठक बोलाइएको छ ।

सोमबारको मन्त्रिपरिषद बैठकले राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो पार्न अध्यादेश ल्याउने निर्णय गरेपछि सत्तारुढ दल नेकपाको सचिवालय बैठक बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अहिले अपराह्न ५:३० बजे सचिवालय बैठक बोलाइएको छ ।

सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रधानमन्त्री ओलीको ठाडो प्रस्तावमा राजनीतिक दल विभाजन गर्ने व्यवस्था खुकुलो बनाउन अध्यादेश ल्याउने निर्णय गरेको हो ।

मन्त्रिपरिषद बैठकले पार्टी विभाजनका लागि संसदीय दल वा केन्द्रीय समितिमा ४० प्रतिशत संख्या पु¥याए पुग्ने गरी अध्यादेश ल्याउने निर्णय गरेको हो ।

हाल राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार पार्टी विभाजनका लागि केन्द्रीय समिति र संसदीय दल दुवैमा ४० प्रतिशत पु¥याउनुपर्ने व्यवस्था छ ।

मन्त्रिपरिषद बैठकको उक्त निर्णयपछि नेकपामा हलचल मच्चिएको छ । प्रधानमन्त्री ओलीले पार्टी विभाजन गर्न अध्यादेश ल्याउन लागेको भन्दै नेकपाकै केही नेताहरुले आश्चर्य व्यक्त गरेका छन् ।

सोमबार मन्त्रिपरिषद बैठक सकिएलगत्तै पूर्व माओवादीका मन्त्रीहरुको अलग्गै बैठक बसेको थियो । उर्जा, जलस्रोत तथा सिँचाईं मन्त्रालयमा पूर्व माओवादीबाट सरकारमा सहभागी मन्त्रीहरुको बैठक बसेको थियो ।

बैठकपछि उर्जामन्त्री वर्षमान पुनसहित पूर्व माओवादीबाट सरकारमा सहभागी केही मन्त्रीहरु नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खुमलटारस्थित निवासमा पुगेका थिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ५ : १३ बजे

१३ क्षेत्रमा अझै पुगन कांग्रेस सदस्यता फारम

काठमाडौं- मंसिर २९ भित्रै क्रियाशील सदस्यता बाँडिसकेर पालिकामा सिफारिस गरिसक्नुपर्ने

छुटेकाको सदस्यता नवीकरणबारे कांग्रेसको यस्तो ‘अफर’

काठमाडौं- नेपाली कांग्रेसको सदस्यता व्यवस्थापन समितिले १४औँ महाधिवेशनमा छुटेका क्रियाशील

पूर्वप्रधानमन्त्री खनाल र चिनियाँ राजदूतबीच भेटवार्ता

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनाल

तीन महिना लामो उपचारपछि स्वदेश फर्कँदै झलनाथ पत्नी चित्रकार

काठमाडौं – पूर्वप्रधानमन्त्री झलनाथ खनालकी धर्मपत्नी प्राध्यापक रविलक्ष्मी चित्रकार भारतको

आगलागीमा परी बुहारीको मृत्यु, ससुरा घाइते

सिन्धुली – जिल्लाको कमलामाई नगरपालिका–६ धुराबजारस्थित एक घरमा आगलागी हुँदा