आईजी ज्ञवालीद्वारा पदोन्नति भएका डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान « Khabarhub

आईजी ज्ञवालीद्वारा पदोन्नति भएका डीआईजीलाई दर्ज्यानी चिह्न प्रदान


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रहरी महानिरीक्षक (आईजी) ठाकुरप्रसाद ज्ञवालीले हालै पदोन्नति भएका नायव महानिरीक्षक (डीआईजी)हरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।

वैशाख ७ गतेको मन्त्रिपरिषद बैठकको निर्णयानुसार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)बाट प्रहरी नायव महानिरीक्षक (डीआईजी)मा बढुवा भएका १० जनालाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।

दर्ज्यानी चिह्न प्राप्त गर्ने डीआईजीहरुमा घनश्याम अर्याल, प्रकाशजंग कार्की, बसन्त कुमार पन्त, ईश्वरबाबु कार्की, सहकुल थापा, धिरजप्रताप सिंह, बसन्त कुमार लामा, रवीन्द्र बहादुर धानुक, उत्तमराज सुवेदी र अरुण कुमार बिसी छन् ।

सोही अवसरमा प्रहरी महानिरीक्षक ज्ञवालीले प्रहरी निरीक्षक (इन्सपेक्टर)बाट प्रहरी नायव उपरीक्षक (डीएसपी)मा बढुवा भएका पुरुषोत्तम राउत क्षेत्रीलाई पनि दर्ज्यानी चिह्न प्रदान गरे । क्षेत्री गत चैत १३ गतेको गृह मन्त्रालय सचिवस्तरको निर्णयानुसार इन्सपेक्टरबाट डीएसपीमा बढुवा भएका थिए ।

पदोन्नति भएका अधिकृतलाई बधाई दिँदै प्रहरी महानिरीक्षक ज्ञवालीले पदोन्नति पश्चता प्राप्त गर्ने जिम्मेवारीहरु एवम् संगठनका नीतिहरु पूरा गर्न आफ्नो ज्ञान, सीप, अनुभव तथा कार्यदक्षताको प्रदर्शन गर्न निर्देशन दिए ।

महानिरीक्षक ज्ञवालीले प्रहरी संगठनलाई प्रदेशस्तरमा समायोजन गर्ने चुनौती रहेको उल्लेख गर्दै प्रदेश प्रमुखका रुपमा खटि जाने प्रहरी अधिकृतहरुले आफ्नो भूमिका निर्वाह गर्न अझ बढी संवेदनशील, सचेत, अभ्यस्त र अध्ययनशील हुनुपर्नेमा जोड दिए ।

विश्वब्यापी महामारीको रुपमा फैलिएको नोवेल कोरोना भाइरस ९कोभिड(१९० को कारण सिर्जना भएको विषम परिस्थितिमा खटिएका प्रहरी अधिकृत तथा जवानहरुको सुरक्षा, स्वास्थ्य संवेदनशिलताका लागि आवश्यक सामग्रीहरुको व्यवस्थापन तथा त्यसको सही प्रयोग, सुरक्षाकर्मीहरुको परिचालनतर्फ संवेदनशील भएर अगाडि बढ्न पनि महानिरीक्षक ज्ञवालीले निर्देशन दिए ।

अहिलेको बिषम परिस्थितिमा हुन सक्ने कालोबजारी, सामाजिक द्वन्द्व भड्काउने खालका गतिविधि तथा समाजलाई भ्रमित पार्ने अफवाह जस्ता गतिविधि नियन्त्रणमा थप सक्रिय तथा संवेदनशील भई कार्य गर्न समेत उनले निर्देशन दिए ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ६ : ०४ बजे

देवानगञ्ज घटना हुँदा सुनसरीमा थिएनन् दुवैजना एसपी

सुनसरी– सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं– आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको क्षेत्रफल,

पहिरो पन्छाउन तीन ठाँउमा उपकरण

चितवन– नारायणगढ–मुग्लिन सडकखण्डमा खस्ने पहिरो तत्काल पन्छाउन तीन स्थानमा एक्साभेटर,

‘कक्रोच’ आन्दोलनमा पक्राउ परेका प्रदर्शनकारीलाई रिहा गर्न माग

नयाँदिल्ली– भारतको युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै

असन्तुष्ट छरिएपछि ओलीलाई भेट्दै शीर्ष नेताहरू

काठमाडौं- नेकपा र एमालेबीच सातै प्रदेशमा सत्ता सहकार्य भएको विषय