१० डीआईजीको पदस्थापन, सीआईबीमा सहकुल थापा | Khabarhub Khabarhub

१० डीआईजीको पदस्थापन, सीआईबीमा सहकुल थापा


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरी प्रधान कार्यालयले १० जना प्रहरी नायब महानिरीक्षक (डीआइजी)को पदस्थापन गरेको छ।

प्रहरी प्रधान कार्यालयले पदस्थापन गरेकामध्ये सात जनालाई प्रदेश प्रमुखको जिम्मेवारी दिइएको छ । यसरी जिम्मेवारी पाउनेमा प्रदेश नम्बर १ मा ईश्वरबाबु कार्की, २ मा धिरजप्रताप सिंह, बागमतीमा बसन्त लामा र गण्डकी प्रदेश घनश्याम अर्याल रहेका छन्।

त्यस्तै, प्रदेश ५ मा रविन्द्र धानुक, कर्णाली प्रदेशमा बसन्त पन्त र सुदूरपश्चिम प्रदेशमा उत्तम सुवेदीलाई पदस्थापन गरिएको हो ।

यसैगरी, सीआईबीमा सहकुल थापालाई पदस्थापन गरिएको छ। थापा यसअघि अपराध महाशाखाका प्रमुख थिए। विशेष ब्युरोमा प्रद्युम्न कार्कीलाई सरूवा गरिएको छ। प्रदेश २ को डीआइजीमा प्रद्युम्न कार्की थिए।

त्यस्तै, प्रहरी प्रधान कार्यालयमा निरज शाहीलाई पठाइएको छ। प्रहरी तालिम केन्द्रको जिम्मेवारी प्रकाशजंग कार्कीलाई दिइएको छ भने अख्तियार अनुसन्धान कार्यालयमा अरूण बिसीलाई पठाइएको छ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ७ : २७ बजे

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका

इंग्लिस प्रिमियर लिग : लुटन टाउन र एभर्टनको बराबरी

काठमाडौं– इंग्लिस प्रिमियर लिग फुटबलमा लुटन टाउन र एभर्टनले बराबरी