लमजुङको क्वारेन्टाइनमा राखिएका युवा फरार « Khabarhub

लमजुङको क्वारेन्टाइनमा राखिएका युवा फरार


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लमजुङ – लमजुङको बेसीशहर नगरपालिका ७ सहजीको क्वारेन्टाइनमा बसेका युवा फरार भएका छन् ।

चितवनबाट साइकलमा बेसीशहर आएका बेसीशहर नगरपालिका ६ पुमागाउँका पूर्णबहादुर मिजार फरार भएका हुन् ।

आइतबार क्वारेन्टाइनमा राखिएका उनी सोही दिन क्वारेन्टाइनबाट भागेपछि नगरप्रहरीले खोजी तीव्र बनाएको बेसीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।

कोरोना भाइरसको संक्रमण रोक्न लागु गरिएको लकडाउनका बेला घरमा आमा र बहिनी बिरामी भएको भन्दै चितवनबाट बेसीशहर आएका १८ वर्षीय मिजार क्वारेन्टाइनबाट सम्पर्कबिहीन भएपछि उनको खोजि तीब्र पारिएको नगरप्रमुख अर्यालको भनाई छ ।

बाहिरी जिल्लाबाट आएकाले उनलाई क्वारेन्टाइनमा राखिएको र भागेपछि घरमै प्रहरी पुग्दा त्यहाँबाट पनि जंगलतिर भागेकाले  अहिलेसम्म नभेटिएको मेयर अर्यालले बताए ।

हाल उक्त क्वारेन्टाइनमा नौ जना छन् ।  उक्त क्वारेन्टाइनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुईदुई जना सुरक्षकर्मी सुरक्षाकर्मी पनि खटिएका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ८ : ३३ बजे

लुम्बिनी प्रदेश सभाकी सदस्य शर्मा मध्यराति काठमाडौंबाट पक्राउ

काठमाडौं– लुम्बिनी प्रदेशकी सभासद रेखा शर्मा पक्राउ परेकी छन्। एमालेबाट

पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकासमा जोड

गण्डकी – पोखरा, लुम्बिनी र चितवनलाई समेटेर एकीकृत पर्यटकीय विकास

महेश बस्नेतले भने : मलाई पक्राउ गरी आन्दोलनलाई कमजोर पार्ने षड्यन्त्र भइरहेको छ

काठमाडौं – नेकपा एमालेका सचिव महेश बस्नेतले आफूलाई पक्राउ गरी

अब्राहम लिंकनको विमानवाहक युद्धपोत माथि आक्रमण गर्ने तेहरानको चेतावनी

तेहरान – इरानी युद्धपोत ‘आइआरआएस डेना’ अमेरिकी–इजरायली आक्रमणमा ध्वस्त भएको

आगामी वैशाख २ गतेदेखि चितवनमा आर्थिक गणना

चितवन – आगामी वैशाख २ गतेदेखि यहाँ आर्थिक गणना सुरु