आकस्मिक रुपमा बोलाइएको नेकपा सचिवालय बैठकमा के-के भयो ? « Khabarhub

आकस्मिक रुपमा बोलाइएको नेकपा सचिवालय बैठकमा के-के भयो ?


८ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टीलाई अझ एकतावद्ध बनाउने तथा कोरोना संक्रमणविरुद्ध जारी लडाइमा सिंगो मुलक एक ढिक्का भई अघि बढ्नुपर्ने आवश्यकतामा जोड दिएको छ ।

राजनीतिक दलसम्बन्धी कानूनलाई संशोधन गर्ने गरी संसदीय दल वा केन्द्रीय समितिमध्ये एकमा मात्र ४० प्रतिशत बहुमत भए पार्टी फुटाउन मिल्ने गरी अध्ययादेश ल्याउने तथा संवैधानिक परिषद्को गणपुरक संख्या घटाउने अध्यादेश ल्याउने निर्णय सरकारले गरेपछि आकस्मिक रुपमा बोलाइएको बैठक करीब साढे २ घन्टा चलेको थियो ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विज्ञप्ति जारी गर्दै बैठकबारे जानकारी गराएका छन् ।

प्रवक्ता श्रेष्ठका अनुसार नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको स‌युक्त अध्यक्षतामा बसेको बैठकमा मन्त्रिपरिषदले निर्णय गरी अघि बढाएका अध्यादेशहरुको बारेमा छलफल भएको थियो ।

बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेशहरू जारी गर्न निर्णय गर्नुको औचित्यबारे बैठकलाई जानकारी गराएका थिए । तत्पश्चात् अरू नेताहरूले यससम्बन्धी विधि, प्रक्रिया र समय सन्दर्भलगायतमा आफ्नो धारणा राखेका थिए ।

छलफलकै बीचमा राष्ट्रपतिबाट अध्यादेश जारी भएको सूचना प्राप्त भएको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

बैठक सकिए लगत्तै प्रधानमन्त्री ओली राष्ट्रपति विद्या देवि भण्डारीलाई भेट गर्न शितलनिवास पुगेका छन् ।

प्रकाशित मिति : ८ बैशाख २०७७, सोमबार  ९ : ११ बजे

पहिरो खसेर कर्णालीबासीलाई सताइरहने गगने खोला क्षेत्र (तस्बिरहरू)

कालिकोट– सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली

मधेसमा विद्युत् चुहावट घट्दै, दुई महिनामा २० करोडभन्दा बढी बक्यौता असुली

जनकपुरधाम– पछिल्ला केही वर्षयता मधेस प्रदेशमा विद्युत् चुहावट निरन्तर घट्दै

शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७० देशका ७८८ आरोहीलाई अनुमति

काठमाडौँ– शरद् ऋतुमा ३१ हिमाल आरोहणका लागि ७८८ जनाले अनुमति

कांग्रेस महाधिवेशन : मतदानको समय दिउँसो १ बजेका लागि सर्‍याे

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि

भारतीय चर्चित अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ– भारतका चर्चित अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन