कोरोनाभाइरस विरुद्धको खोप परीक्षणमा सकारात्मक देखिएको अमेरिकी दाबी « Khabarhub

कोरोनाभाइरस विरुद्धको खोप परीक्षणमा सकारात्मक देखिएको अमेरिकी दाबी


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाको मोडेर्ना कम्पनीले एक खोपले मानव शरीरको रोग प्रतिरोधी प्रणालीलाई कोरोनाभाइरसविरुद्ध सङ्घर्ष गर्न प्रशिक्षित गर्न सक्छ भन्ने पहिलो सङ्केत प्राप्त भएको दाबी गरेको छ।

सुरक्षा परीक्षणमा भाग लिएका आठ जनाको शरीरमा कोरोनाभाइरसलाई निस्तेज पार्न सक्ने एन्टीबडी भेटिएको मोडेर्नाले बताएको छ।

शरीरको त्यो प्रतिक्रिया कोरोनाभाइरस सङ्क्रमण भएका व्यक्तिको शरीरमा देखिएको रोग प्रतिरोधी प्रतिक्रिया जस्तै रहेको बताइएको छ।

अब खोपको परीक्षण धेरै मानिसहरूमा गरेपछि मात्रै त्यो खोपको प्रतिक्रियाले कोरोनाभाइरस सङ्क्रमणबाट बचाउन सक्छ कि सक्दैन भन्ने यकिन हुनेछ।

अहिले विश्वभरि विभिन्न करिब ८० समूहहरू अभूतपूर्व गतिमा कोरोनाभाइरसविरुद्ध खोप विकास गर्न काम गरिरहेका छन्।

एमआरएनए-१२७३ नाम दिइएको खोपको मानिसमा सुरक्षा परीक्षण गर्ने मोडेर्ना पहिलो समूह हो।

सो खोप कोरोनाभाइरसको वंशाणु अर्थात् जीनको सानो अंश, जेनेटिक कोडको सानो अंश भएको बताइएको छ।

त्यो अंशले व्यक्तिमा सङ्क्रमण गर्न वा लक्षण देखाउन सक्दैन तर शरीरको रोग प्रतिरोधी प्रणालीलाई भने सक्रिय बनाउन सक्छ।

अमेरिकी सरकारको न्याश्नल इन्स्टिट्यूट अफ एलर्जी एन्ड इन्फेक्शस डिजीजेजले सञ्चालन गरेको सो परीक्षणमा खोपले शरीरमा कोरोनाभाइरसलाई निष्क्रिय बनाउने एन्टीबडी बनाउने देखिएको हो।

तर ४५ जनामा गरिएको परीक्षणमा आठ जनाको मात्रै एन्टीबडी बने नबनेको परीक्षण गरिएको थियो। बाँकीको शरीरमा भएको प्रतिक्रियाको परीक्षण गर्न बाँकी नै छ।

सो परीक्षणमा सहभागीहरूलाई खोपको तीनथरी मात्रा दिइएको थियो र जसलाई उच्च मात्रामा दिइएको थियो उनीहरूमा केही ‘साइड इफेक्टहरू’ देखिएको बताइएको छ।

तर मोडर्नाका अनुसार थोरै मात्राको खोप दिइएका व्यक्तिहरूमा कोभिड-१९ निको भएका व्यक्तिहरूमा देखिएको जत्तिकै एन्टीबडी देखिएको हो।

सुरक्षा परीक्षण भनेको खोप प्रभावकारी हुन्छ कि हुँदैन भन्ने पत्ता लगाउन भन्दा पनि खोप मानिसका लागि सुरक्षित हुन्छ कि हुँदैन भन्ने अध्ययन हो।

मुसामा गरिएको परीक्षणमा भने यो खोपले फोक्सोमा भाइरस बढ्न रोकिने देखिएको छ। मोडेर्नाले खोपको दोस्रो चरणको परीक्षण जुलाईमा सुरु गर्ने अपेक्षा गरेको छ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ७ : १२ बजे

विश्वका सबैभन्दा तातो ७० सहर भारतमै, महाराष्ट्रको ब्रह्मपुरीमा लगातार दोस्रो दिन सबैभन्दा गर्मी

नयाँदिल्ली– विश्वका सबैभन्दा तातो ७० सहरमध्ये सबै भारतका रहेका छन्।

निकुञ्जका वन्यजन्तुलाई नहरको पानी

चितवन– निकुञ्ज र बरण्डाभार क्षेत्रमा रहेका वन्यजन्तुलाई आवश्यक पानीका लागि

ट्रम्पमाथि उनकै दलका सांसदको निशाना : सम्झौता नै गर्नु थियो भने युद्ध किन गरेको ?

वाशिङ्टन- अमेरिकामा इरानसँग सम्भावित सम्झौतालाई लिएर राजनीतिक बहस चर्किएको छ।

बसपार्कबाट एक लाख नगदसहित बेहोस युवाको उद्धार

झापा– पूर्वीनाकाको मेचीनगर नगरपालिका–६ स्थित बसपार्क नजिकैबाट प्रहरीले एक लाख

कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’को वर्चस्व

काठमाडौं– तेस्रो संस्करणको कर्णाली चलचित्र महोत्सवमा फिल्म ‘ऊनको स्वीटर’ले वर्चश्व