लकडाउनमा ६० लाखभन्दा बढी नेपालीले गुमाए रोजगारी « Khabarhub

लकडाउनमा ६० लाखभन्दा बढी नेपालीले गुमाए रोजगारी


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट जोगनि सरकारले गत चैत्र ११ गतेदेखि जारी राखेको लकडाउनले ६० लाखभन्दा बढी नेपालीले रोजगारी गुमाएका छन् ।

श्रम मन्त्रालयको समन्वयमा राष्ट्रिय योजना आयोगले संकलन गरेको तथ्यांक अनुसार लकडाउनमा ६० लाख ८१ हजारभन्दा बढीको रोजगारी गुमेको उल्लेख छ।

सो तथ्यांकअनुसार पर्यटन क्षेत्रका अधिकांशले रोजगारी गुमाएका छन्। त्यस्तै, जडिबुटी संकलन, स्थानीय स्तरको आयोजनामा काम गर्नेहरु सबैभन्दा बढी बेरोजगार बनेका छन्।

वन तथा जडिबुटीसहित कृषि पैदावर क्षेत्रमा झण्डै ५० लाख कार्यरत रहेकामा २९ लाखभन्दा बढीले रोजगारी गुमाएको आयोगले जनाएको छ ।

पर्यटन क्षेत्रमा ८ लाख ३० हजार मानिसले काम गर्दै आएकोमा ८ लाखको रोजगारी खोसिएको छ।

स्थानीय स्तरका आयोजनामा काम गर्ने २६ लाखमध्ये १७ लाख बेरोजगार बनेका छन्।

पुनर्निमाण क्षेत्रमा कार्यरत ६ लाखमध्ये ३ लाख बेरोजगार बनेका छन् भने सूचना प्रविधि, आमसञ्चार तथा चलचित्र क्षेत्रमा काम गर्नेमध्ये १ लाख बेरोजगार बनेका छन् ।

यद्यपि यो रोजगारी अस्थायीरूपमा मात्र गुमेको सरकारी आकलन छ । सामान्य अवस्था आए धेरैजसो पूर्ववत अवस्थामा फर्कने र स्थायीरुपमा नै रोजगारी गुमेकाको हकमा कार्यक्रम ल्याउने सरकारले तयारी गरेको समेत बताइएको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ७ : ३३ बजे

योग, ध्यान र दृष्यावलोकनका लागि ‘स्वर्गाश्रम’

म्याग्दी– पृष्ठभूमिमा लहरै हिमाल । वरपर घना जङ्गल । शान्त

सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत सम्पन्न

काठमाडौं – सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानस्थित निर्माणाधीन सुरुङ

गाँजासहित एक भारतीय पक्राउ

काठमाडौं– त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब चार किलो २८४ ग्राम गाँजासहित

ला लिगा : विपक्षीको पोस्टमा एल्चेको चार गोल

काठमाडौं – ला लिगा अन्तर्गत गएराति भएको खेलमा रायो भालेकानोमाथि

विभागले गर्‍याे दुई रेष्टुरेन्टलाई ५० हजार रुपैयाँको दरले जरिवाना

काठमाडौं– वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुई वटा उद्योग