यस कारण लगाउँदैनन् नागा बाबाले कपडा « Khabarhub

यस कारण लगाउँदैनन् नागा बाबाले कपडा


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नागा बाबाका बारेमा तपाईंले पक्कै पनि सुन्नु भएको होला । विशेष गरी शिवारात्री पर्वको अवसरमा पशुपतिनाथ मन्दिरमा समेत नागा बाबाहरुको घुईंचो लाग्ने गर्छ ।

नागा बाबाहरु कपडा नै नलगाई अर्थात् निर्वस्त्र बनेर मन्दिर आसपासमा बसेका हुन्छन् । आफ्नो पूरा शरीरमा भष्म लगाएर घुमिरहेका हुन्छन् ।

तर, उनिहरु किन कपडा लगाउँदैनन् त ? यो कुरा धेरैलाई थाहा नहुन सक्छ, यहाँ हामी नागा बाबाहरुले किन कपडा लगाउँदैनन् भन्ने बारेमा चर्चा गर्दैछौं ।

नागा शब्दको अर्थ नाङ्गो भन्ने हुन्छ । नागा बाबाहरु पनि पूरा निर्वस्त्र हुन्छन् । उनीहरु उपासनामा स्वयंलाई लीन गराउँछन् । सांसारिक भोगविलासबाट उनीहरु टाढा रहन्छन् ।

कहाँ बस्छन् नागा बाबा ?

नागा बाबाहरु ठूलो महल नभएर स–सानो कुटी बनाएर बसेका हुन्छन् ।

के खान्छन् ?

नागा बाबाहरु तीर्थयात्रीहरुले दिएको खानेकुरालाई नै आफ्नो भोजन बनाएर खान्छन् । उनीहरुका लागि दैनिक भोजनको महत्व धेरै हुँदैन ।

यसकारण लगाउदैनन कपडा

नागा बाबाहरु कपडा शरीरको माया भएकाहरुले लगाउने हो भन्ने ठान्दछन् । कपडाको प्रयोग ज्यान जोगाउनेहरुले मात्र गर्ने हो भन्ने उनीहरु ठान्छन् । उनीहरुलाई शरीरको कुनै महत्व हुँदैन ।

उनीहरु हरेक समय ध्यानमै तल्लीन हुन्छन् । उनीहरुको विचार दृढ हुन्छ र उनीहरुले मौसममा ध्यान दिदैनन् ।

के हो इतिहास ?

वेद व्यासले न संगठितरुपमा वनवासी, सन्यासी जस्ता परम्पराको शुरुवात गरेका थिए भन्ने मान्यता रहेको छ । त्यसपछि शुकदेव र अनेक ऋषि तथा सन्तले यस परम्परालाई आ-आफ्नो तरिकाबाट फरक आकार दिएको बताइन्छ ।

साथै पछि शंकराचार्यले ४ मठ स्थापना गरेर दसनामी सम्प्रदायको गठन गरेका थिए । साथै अखडाको परम्परा शुरु भएको थियो । जानकारी होस् कि, सबैभन्दा पहिलो अखडा अखण्ड आह्वान अखडा वर्ष ५४७ ई.मा बनेको थियो । एजेन्सीको सहयोगमा

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १० : ०९ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा