कालिमाटी प्रहरी वृत्त सिल « Khabarhub

कालिमाटी प्रहरी वृत्त सिल


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काडमाडौं- महानगरीय प्रहरी वृत्तमा कालीमाटी कार्यरत दूई जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रहरीका सो बृत्त सिल गरिएको छ ।

कालीमाटी स्थित वृत्त परिसर मै रहेका प्रहरी प्रभाग र महिला सेललाई पनि सिल गरिएको महानगरीय प्रहरी बृत्त कालीमाटिका प्रमुख रुगम कुँबरले बताए ।

टेकुस्थित प्रयोगशालाले मंगलबार एक जना सइ र एक जवानमा कोरोना संक्रमण देखिएको विवरण प्रहरीलाई दिएको थियो ।

हाल कालीमाटी बृत्त परिसरमै महिला तथा बालबालिका सेल र ट्राफिक बृत्त पनि रहेको र उनीहरुको खाने बस्ने एकै स्थानमा भएकाले त्यहाँ करीब दुई सय प्रहरी कार्यारत रहेको बताइएको छ ।

उनले संक्रमण देखिएका दुई जना कालीमाटी क्षेत्रमा सादा पोशाकमा काम गर्ने (घुमुवा) प्रहरी भएको बताए ।

वृत्त पूरै सिल गरिएपछि अहिले कालीमाटी वृत्तको क्षेत्रभित्र रहेको स्थानको सुरक्षा तथा ड्युटीको जिम्मा काठमाडौँ परिसरले लिएको छ । अब ती स्थानहरुमा प्रहरी खटाउने र सुरक्षाको व्यवस्थापन गर्ने जिम्मा काठमाडौँ परिसरले गर्न लागेको हो।

यसअघि काठमाडौं र भक्तपुरमा कार्यारत सशस्त्र प्रहरी दुई जनालाई कोरोना संक्रमण भएको थियो।  त्यस्तै महोत्तरीको बर्दिवास नगरपालिकाको किसान नगरमा अवस्थित मध्यपूर्वी पृतनाका पृतनापति ५२ वर्षीय उपरथी र सेनाका एमबीबीएस डाक्टरमा समेत गत शनिवार संक्रमण पुष्टि भएको थियो।

आजै स्वास्थ्य मत्रालयको टोलीले त्यहाँ कार्यरत सबैको स्वाबको नमुना लिने तयारी भएको कुँबरले बताए ।

 

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  १० : ३८ बजे

आँखा शिविरबाट वृद्धवृद्धा लाभान्वित

पर्वत– पर्वतको मोदी गाउँपालिकामा सञ्चालित निःशुल्क आँखा शिविरमा एक हजार

घोराही–लमही सडक विस्तार थालियो

दाङ– दाङको घोराही–लमही सडकखण्ड फराकिलो बनाउने काम सुरु भएको छ

काभ्रेमा ‘बर्डफ्लु’को जोखिम हुन नदिन उच्च सतर्कता

काभ्रे– बर्डफ्लु रोगको सङ्क्रमणको जोखिम हुन नदिन काभ्रे र सिन्धुपाल्चोकमा

हलमा नेपाली फिल्मकाे व्यापार र शो न्यून

काठमाडौँ- अहिले हलमा दुई-तीन नेपाली फिल्म छन् । ‘हामी तीन

सञ्जालमा भाइरल भइसक्दा पनि अपराध रोक्न किन चुक्दैछ सरकार ?

काठमाडौँ – समाजमा हरेक दिन केही न केही घटना भएकै