जायन्ट सालामान्डरको मासु किलोको एक लाख ! « Khabarhub

जायन्ट सालामान्डरको मासु किलोको एक लाख !


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- चीनमा खाइने गरेको जायन्ट सालामान्डर नामक प्रजातिको एक जीव विलुप्त हुन लागेको छ । यस जीवको उपयोग परम्परागत चिनियाँ औषधि बनाउनका लागि पनि गर्ने गरिएको छ ।

यो अत्यन्तै दुर्लभ जीव चीनको याङ्जे नदी समेत कैयौं जलस्रोतहरूमा पाइन्छ । अनि उत्तरी अमेरिका र जापानमा पनि यो पाइन्छ । तर यस प्रजातिको सबभन्दा ठूलो जीव चाहिँ चीनमा नै पाइने हो ।

यसलाई जीवित जीवाश्म पनि भन्ने गरिन्छ किनकि यसको इतिहास १७ करोड वर्ष पुरानो छ । यो डाइनासोर प्रजातिबाट विकसित भएको मानिन्छ ।

चीनमा सन् १९७० देखि जायन्ड सालामान्डर खान शुरू गरिएको हो । यसको मासु चिनियाँहरूले खुबै मन पराएपछि बिक्री बढेको हो । जायन्ट सालामान्डरको मासुको किलोको लगभग एक लाख रुपैयाँ पर्छ ।

बढी संख्यामा सालामान्डर उत्पादन गर्नका लागि चीनमा फार्महाउसहरू पनि खोलिएको छ । तर प्राकृतिक रूपमा चाहिँ यो विलसप्त हुन लागेको छ ।

यो उभयचर प्राणी भए पनि जिन्दगीभरि पानीमै बस्छ । माछाहरूको जस्तो फुल्का हुँदैन ।

यसले छालाबाट अक्सिजन लिन्छ । यसको आँखा बलियो हुँदैन तर यसले शिकारलाई पानीमा उठ्ने तरंगमार्फत चिन्छ । तरंगहरूलाई चिन्ने सेन्सोरी नोडहरू यसको शिरदेखि पुच्छरसम्म दुवै किनारामा पाइन्छ । यसको लम्बाइ लगभग ६ फीट हुन्छ ।

दक्षिण चीनका मानिसले चिनलिङ पहाड नजिक सालामान्डर समातेर खान थालेपछि यसको माग बढ्दै गयो । यसको सूप, स्टु र जेलीहरू लोकप्रिय हुँदै गए । अनि चिनियाँ परम्परागत औषधिमा पनि यसको उपयोग बढ्दै गयो ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  २ : ०४ बजे

त्रिशूली थ्री ‘ए’ बाट फर्किए रास्वपा सांसदद्वय, जाँदा हेलिकप्टर, आउँदा स्थलमार्ग 

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सागर ढकाल र

विपत्ति र चुनौतीले धैर्य र कर्मको परीक्षा लिन्छ : प्रधानमन्त्री शाह

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा देशवासीमा शुभकामना व्यक्त गरेका

बाढीपीडितका लागि सीएफआरडीले ल्यायो २७ टन राहत सामग्री

काठमाडौं– रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीबाट प्रभावितहरूका

काठमाडौँ जोड्ने कुन सडकको अवस्था के छ ?

काठमाडौँ – अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका

अब पुनरुत्थानमा नमुना काम गर्नुपर्छ : मन्त्री रावल

 त्रिशूली– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा