कृषिमन्त्री भूसालले भने- कृषि क्षेत्रको पनि पुनसंरचना गर्ने बेला आयो | Khabarhub Khabarhub

कृषिमन्त्री भूसालले भने- कृषि क्षेत्रको पनि पुनसंरचना गर्ने बेला आयो


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कृषि तथा पशुपन्छी विकास मन्त्री घनश्याम भूसालले संघीयता संविधानअनुसार कृषि क्षेत्रको पनि पुनसंरचना गर्ने बेला आएको बताएका छन् ।

राष्ट्रियसभामा बिऊबिजन दोस्रो संशोधन विधेयक–२०७५ माथि जवाफ दिदैं मन्त्री भूसालले अब प्रदेश र स्थानीय सरकारले नै रैथाने बिऊबालीको सूचीकरण गर्न सक्ने बताए । “विधेयकमा थप छलफल गर्न सकिन्छ । हामीले संघबाट नियम गर्ने अनि प्रदेश र स्थानीय सरकारले लागू गर्ने मर्मअनुसार, विधेयक ल्याएका छौं”, मन्त्री भूसालले भने ।

कृषि क्षेत्र बजारलाई छोडिदिंदा झनैं कमजोर भएको उनले बताए । “हिजो राजाको समयमा अर्कै व्यवस्था अपनाइयो । प्रजातन्त्र पछि सरकारले कृषि गर्दैन भन्ने मान्यताले यो क्षेत्र बजारलाई छोडिदिऔं । जसलाई फर्केर हेर्दा यो क्षेत्र धेरै नराम्रोगरी खल्बलियो”, मन्त्री भूसालले भने ।

तर, कृषि क्षेत्रको सुधार गर्ने उपयुक्त समय आएको उनले बताए । मन्त्री भूसालले भने, “अहिले एउटा अवसर आएको छ । कृषिको पुनसंरचना भन्ने गरेको छु । यो अवसर र दायित्व पनि हो ।” संविधानमा संघीयता र समाजवाद उल्लेख भएकाले त्यसैअनुसार, कृषि क्षेत्रको पनि पुनसंरचना खाँचो रहेको मन्त्री भूसालले बताए ।

सरकारले अगाडि बढाएको कानूनी व्यवस्थाले कमजोर मुलुकको कृषि व्यवस्था उकास्ने प्रयत्न गरेको उनले बताए । अहिले नेपालमा सूचीकृत भएको बिऊबालीका हिसाबले नेपाल कमजोर अवस्थामा रहेको समेत मन्त्री भूसालले बताए ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  २ : ४६ बजे

रास्वपा वार्ता टोली संयोजक बमको चेतावनी : नयाँ दल र स्वतन्त्र नेता एकजुट नभए सबैको भेट जेलमा हुनेछ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वार्ता टोली संयोजक पुकार

एमालेको महाधिवेशनमा ४० वर्षमुनिका युवालाई प्रतिनिधि बनाइने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी(एमाले)को ११ औँ  राष्ट्रिय महाधिवेशनमा ४० वर्षमुनिका

कार्यवाहक राष्ट्रपति यादव र जर्मन राजदूत भोल्जबीच भेट

काठमाडौं– कार्यवाहक राष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि सङ्घीय गणतन्त्र जर्मनीका