खेलकुद विकास ऐन राष्ट्रियसभाबाट पनि पारित « Khabarhub

खेलकुद विकास ऐन राष्ट्रियसभाबाट पनि पारित


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको खेलकुद विकासका लागि संघीय संरचना अनुसार तयार पारिएको खेलकुद विकास ऐन, २०७७ राष्ट्रियसभाबाट पारित भएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा अधिवेशनबाट खेलकुद विकास ऐन पारित भएको हो । राष्ट्रियसभाले पारित गरेको ऐन अब राष्ट्रपतिले प्रमाणिकरण गरेपछि जारी हुनेछ ।

राष्ट्रिय सभामा दर्ता भएर प्रतिनिधिसभामा लामो छलफल पछि आज उक्त ऐन पारित भएको हो ।

खेलकुद विकास ऐन २०४८ लाई प्रतिस्धापन गर्दै आएको नयाँ ऐनले संघीय संरचनालाई आत्मसाथ गरेको प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जिवनराम श्रेष्ठले बताए ।

पारित नयाँ ऐनले केन्द्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई कार्यकारी अधिकार सम्पन्न निकायका रुपमा अधिकार दिएको छ भने प्रदेश र स्थानीय तहमा प्रदेश सरकार अन्तर्गत रहने गरि प्रदेश खेलकुद परिषद्को स्थापना र जिल्ला खेलकुद परिषद्को स्थापना र नगर परिषद्को स्थापना हुने व्यवस्था रहेको छ ।

तर, ऐनको व्यवस्था अनुरुप प्रदेश र स्थानीय तहबीचको सहकार्यमा भने केही समय असहज परिस्थिति आउन सक्ने जानकारहरु बताउँछन् ।

यस ऐनले राखेप सदस्य सचिवको केही अधिकार कटौति गर्दै मन्यालयको भूमिका बढाएको बताइएको छ ।

ऐनले राखेप बोर्डको संरचनामा पनि केही परिवर्तन गरेको श्रेष्ठले बताएका छन् । यस ऐनमार्फत् राखेप बोर्डमा तीन विभागीयका प्रतिनिधि बोर्ड सदस्य हुने व्यवस्था गरेको छ जसमा बोर्डको अध्यक्ष प्रधानमन्त्री र युवा तथा खेलकुद मन्त्री संयोजक रहने व्यवस्था छ ।

यस्तै, ऐनले अन्तर्राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय ओलम्पिक मुल्य मान्यतालाई आत्मसाथ गरेको छ । ‘यस ऐनले संघीय संरचनालाई आत्मसाथ गरेको छ । केन्द्रमा राखेप रहने छ भने प्रदेश सरकार अन्तर्गत प्रदेश परिषद् र जिल्लामा जिल्ला खेलकुद परिषद् रहने छन्,’ जिवनराम श्रेष्ठले भने, ‘राष्ट्रिय – अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा, संघ दर्ता, संघको अधिकार र दायित्वलाई समेटेको छ ।’

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ३ : ५५ बजे

गौशालाबाट लागूऔषधसहित दुईजना पक्राउ

काठमाडौं– प्रहरीले गौशालाबाट लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । 

हर्कको अनौठो प्रस्ताव : संसद्‍मा अब टेबल ठोक्ने होइन, सबैले ताली बजाऔँ

काठमाडौं- श्रम संस्कृति पार्टीका अध्यक्ष तथा संसदीय दलका नेता हर्कराज

नागरिक एपमा सेवा थपिँदै : लोकसेवाका परीक्षार्थीको प्रवेशपत्र पनि लिन सकिने

काठमाडौं– सरकारले डिजिटल सुशासनलाई थप सुदृढ गर्ने लक्ष्यसहित नागरिकसँग प्रत्यक्ष

दुई दिने बिदाबारे सर्वोच्चको निर्देशन : २४ घण्टा भन्दा बढी अदालत बन्द हुने अवस्था आउन नदिनू

काठमाडौं- सर्वोच्च अदालतले कुनै पनि आरोप र अभियोगमा पक्राउ परेका

आर्थिक वृद्धि दुई दशमलव सात प्रतिशतमा सीमित हुने एडिबीको प्रक्षेपण

काठमाडौं– एसियाली विकास बैंक (एडिबी)ले सन् २०२६ मा नेपालको आर्थिक