खेलकुद विकास ऐन राष्ट्रियसभाबाट पनि पारित « Khabarhub

खेलकुद विकास ऐन राष्ट्रियसभाबाट पनि पारित


७ जेष्ठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपालको खेलकुद विकासका लागि संघीय संरचना अनुसार तयार पारिएको खेलकुद विकास ऐन, २०७७ राष्ट्रियसभाबाट पारित भएको छ ।

बुधबार बसेको राष्ट्रिय सभा अधिवेशनबाट खेलकुद विकास ऐन पारित भएको हो । राष्ट्रियसभाले पारित गरेको ऐन अब राष्ट्रपतिले प्रमाणिकरण गरेपछि जारी हुनेछ ।

राष्ट्रिय सभामा दर्ता भएर प्रतिनिधिसभामा लामो छलफल पछि आज उक्त ऐन पारित भएको हो ।

खेलकुद विकास ऐन २०४८ लाई प्रतिस्धापन गर्दै आएको नयाँ ऐनले संघीय संरचनालाई आत्मसाथ गरेको प्रतिनिधि सभा सदस्य तथा नेपाल ओलम्पिक कमिटि (एनओसी) का अध्यक्ष जिवनराम श्रेष्ठले बताए ।

पारित नयाँ ऐनले केन्द्रमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई कार्यकारी अधिकार सम्पन्न निकायका रुपमा अधिकार दिएको छ भने प्रदेश र स्थानीय तहमा प्रदेश सरकार अन्तर्गत रहने गरि प्रदेश खेलकुद परिषद्को स्थापना र जिल्ला खेलकुद परिषद्को स्थापना र नगर परिषद्को स्थापना हुने व्यवस्था रहेको छ ।

तर, ऐनको व्यवस्था अनुरुप प्रदेश र स्थानीय तहबीचको सहकार्यमा भने केही समय असहज परिस्थिति आउन सक्ने जानकारहरु बताउँछन् ।

यस ऐनले राखेप सदस्य सचिवको केही अधिकार कटौति गर्दै मन्यालयको भूमिका बढाएको बताइएको छ ।

ऐनले राखेप बोर्डको संरचनामा पनि केही परिवर्तन गरेको श्रेष्ठले बताएका छन् । यस ऐनमार्फत् राखेप बोर्डमा तीन विभागीयका प्रतिनिधि बोर्ड सदस्य हुने व्यवस्था गरेको छ जसमा बोर्डको अध्यक्ष प्रधानमन्त्री र युवा तथा खेलकुद मन्त्री संयोजक रहने व्यवस्था छ ।

यस्तै, ऐनले अन्तर्राष्ट्रिय स्तरमा अन्तर्राष्ट्रिय ओलम्पिक मुल्य मान्यतालाई आत्मसाथ गरेको छ । ‘यस ऐनले संघीय संरचनालाई आत्मसाथ गरेको छ । केन्द्रमा राखेप रहने छ भने प्रदेश सरकार अन्तर्गत प्रदेश परिषद् र जिल्लामा जिल्ला खेलकुद परिषद् रहने छन्,’ जिवनराम श्रेष्ठले भने, ‘राष्ट्रिय – अन्तर्राष्ट्रिय खेलाडीको परिभाषा, संघ दर्ता, संघको अधिकार र दायित्वलाई समेटेको छ ।’

प्रकाशित मिति : ७ जेष्ठ २०७७, बुधबार  ३ : ५५ बजे

सुनको मूल्यमा सामान्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

प्रधानमन्त्री राहत कोषमा सहयोग जुट्ने क्रम जारी

काठमाडौँ– रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र

इङ्गल्याण्डका चर्चित क्रिकेटर मलानले चितवन राइनोजबाट एनपीएल खेल्दै

चितवन– ‘एकदिवसीय’ र ‘टेष्ट म्याच’ मा अन्तर्राष्ट्रिय शतकसमेत बनाएका इङ्गल्याण्डका

काँकडभिट्टा नाकाबाट तीन महिनामा एक हजार बढी पर्यटक भित्रिए

झापा– पूर्वीनाका काँकडभिट्टा हुँदै तीन महिनामा एक हजार १०६ जना

गौतमबुद्ध क्रिकेट रङ्गशालाको काम सुस्त

चितवन– भरतपुर महानगरपालिका–१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाको काममा