कोरोना परीक्षणमा कति शुल्क लाग्ने भनेर निर्णय भइसकेको छैन : स्वास्थ्य मन्त्रालय | Khabarhub Khabarhub

कोरोना परीक्षणमा कति शुल्क लाग्ने भनेर निर्णय भइसकेको छैन : स्वास्थ्य मन्त्रालय


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाकाले निजी तथा सार्वजनिक संस्थामा कोरोना परीक्षण गर्दा लाग्ने शुल्क निर्धारण नभइसकेको बताएका छन् ।

बुधबार  प्रवक्ता डा. विकास देवकोटाले पीसीआर परीक्षण गर्न सार्वजनिक स्वास्थ्य संस्थाहरूले शुल्क लिन पाउने निर्णय भएको घोषण गरे पनि शुल्क दर नतोकिएको जानकारी दिएका हुन् ।

बुधबार मन्त्रालयले विज्ञप्ति जारी गर्दै परीक्षणका लागि मन्त्रालयले दररेट तोकिदिने भएपनि हालसम्म कुनै दररेट तोकी नसकेको बताएको हो।

अस्पतालमा लामवद्ध भएर समय खेर फाल्न नचाहने र भिडभाडका गएर जोखिम मोल्न नचाहने स्वदेशी तथा विदेशीहरुको अनुरोधमा मन्त्रालयले शुल्क तिरेर परीक्षणको व्यवस्था गर्न लागेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

‘यही सूचनालाई तोडमोड गरी केही अनलाइन मिडियाले निजी संस्थाबाट परीक्षण गराउन १५ हजार रुपैयाँ रेट तोकिएको भनी समाचार सम्प्रेषन गरेको र यसैलाई आधार मानी सर्वसाधारणले व्यक्त गरेको अत्यन्त धेरै प्रतिक्रियाहरु प्रति मन्त्रालयको ध्यानाकर्षण भएको छ’, विज्ञप्तिमा भनिएको छ।

परीक्षणबाट मात्रै संक्रमितलाई पहिचान गर्न सकिने हुँदा विदेशी कूटनितिज्ञहरु र केही अन्य स्वदेशी नागरिकहरुको आग्रहमा परीक्षणलाई व्यापक बनाउन आवश्यक रहेको मन्त्रालयले जनाएको छ।

‘यसैलाई मध्य नजर गरी परीक्षणको दायरालाई व्यापक बनाउने कार्य गरिएको मात्रै हो, यस सम्बन्धमा के–कति शुल्क लाग्ने, प्रयोगशाला कस्तो हुने, सुरक्षा प्रवन्ध कसरी अपनाउने लगायतका विषयमा छलफल र निर्णय हुन बाँकी नै रहेको छ’ विज्ञप्तिमा उल्लेख गरिएको छ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ५ : ५० बजे

जलिसकेको देउवाको घरमा सर्वसाधारण, केही भेटाउने आशमा खरानी पन्छाउँदै (तस्बिरहरू)

काठमाडौं– जेन-जी आन्दोलनमा आगजनी गरिएको नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री

जेन-जीलाई रास्वपा सांसद खनालको आग्रह : निषेधको राजनीतिको भ्रममा नपरौँ

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधि सभा सदस्य शिशिर खनालले

अन्तरिम सरकारको नेतृत्व दिने भए तयार छु : महावीर पुन 

काठमाडौं– राष्ट्रिय आविष्कार केन्द्रका महावीर पुनले आफूलाई अन्तरिम सरकारको नेतृत्व

राष्ट्रपतिको निजी निवास बिहीबार यस्तो देखियो (तस्बिरहरू)

काठमाडौं–  राष्ट्रपति रामचन्द्र पौडेलको निजी निवासमा आन्दोलनकारीहरूले आगजनी गरेपछि घरभित्र

प्रहरीको आग्रह : आन्दोलनका क्रममा खोसिएका हात–हतियार बुझाईदिनू

काठमाडौं– नेपाल प्रहरीले जेन–जीको आन्दोलनका क्रममा खोसिएका हात–हतियार बुझाई दिन