भारतमा ‘अम्फान’ आँधीको खतरा, सुरक्षित रहन आग्रह | Khabarhub Khabarhub

भारतमा ‘अम्फान’ आँधीको खतरा, सुरक्षित रहन आग्रह


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि उच्च सतर्कता अपनाइएको छ । विशेषगरी यहाँको पश्चिम बंगाल राज्यमा आँधीबाट बच्न सतर्कता अपनाइएको बताइएको छ ।

विशेषगरी आज बुधबार आँधीको डर रहेको मौसम पूर्वानुमान गरेपनि मंगलबारदेखि नै यहाँको जनजीवनमा त्रास फैलिएको थियो । भारतीय अधिकारीहरुले आँधीको बढी क्षति हुनसक्ने पूर्वानुमान गरिएका स्थानमा उद्धारको कार्य थालिएको छ ।

भारत सरकारका निकायहरुले नागरिकलाई सुरक्षित रहन र आँधीबाट बच्न सार्वजनिक सञ्चारमाध्यमहरुबाट सूचना प्रकाशन तथा प्रसारण गरेका छन् ।

यस आँधीबाट स्थानीय मानिसलाई सुरक्षित राख्न ओडिसा राज्यका विभिन्न स्थानबाट उद्धार पनि थालिएको बताइएको छ । उक्त राज्यका विभिन्न स्थानबाट बुधबार मात्र अधिकारीहरुले करिब डेढ लाख मानिसको उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

पश्चिम बंगालको सुन्दरवन नजिक बुधबार अम्फान आँधीले ठूलै खतरा आउनसक्ने पूर्वानुमान गरिएको बताइएको छ । त्यसैले सो क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ ।

अम्फान आँधी पारादिपबाट दक्षिण–पूर्व ११० किलोमिटर टाढा देखिएको पनि बताइएको छ । यो आँधी प्रतिघण्टा १८–१९ किलोमिटरको गतिमा रहेको अनुमान यहाँका मौसमविद्हरुले गरेका छन् ।

बुधबार साँझसम्म यो आँधी पश्चिम बंगालमा आइपुग्ने खतरा देखिएको बताइएको छ । यस क्षेत्रमा आज अपरान्हदेखिको ६ देखि ८ घण्टाको समय निकै चुनौतीपूर्ण रहने बताइएको छ ।

भारतीय जलविज्ञान विभागले अम्फान आँधी पश्चिम बंगाल–बंगलादेशको तटीय इलाका हुँदै अघि बढ्ने पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ६ : ४२ बजे

त्रिवि क्रिकेट स्टेडियम उज्यालो हुँदा खुसी छु : मन्त्री घिसिङ

काठमाडौं- सहरी विकासमन्त्री कुलमान घिसिङले त्रिभुवन विश्वविद्यालय क्रिकेट स्टेडियमलाई उज्यालो

मंसिर ४ गतेसम्मलाई सर्‍यो कांग्रेस बैठक

काठमाडौँ- नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति फेरि परिवर्तन गरिएको

दैलेखको मेल्लेख गाउँपालिकाले एकैचोटि ४८ जना कर्मचारी हटायो

काठमाडौँ- अछामको मेल्लेख गाउँपालिकाले ४८ जना करारका कर्मचारी हटाएको छ।

लुम्बिनी प्रदेशका सभामुखले गरे आफ्नो सचिवालय विघटन

काठमाडौँ- लुम्बिनी प्रदेशका सभामुखले आफ्नो सचिवालय विघटन गरेका छन्। ‘प्रदेशसभाका

पोर्चुगल विश्वकपमा छनोट

काठमाडौं – पोर्चुगल फिफा विश्वकप २०२६ का लागि छनोट भएको