भारतमा ‘अम्फान’ आँधीको खतरा, सुरक्षित रहन आग्रह « Khabarhub

भारतमा ‘अम्फान’ आँधीको खतरा, सुरक्षित रहन आग्रह


७ जेठ २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भारत– भारतको पूर्वी तटीय इलाकामा अम्फान आँधी आउने पूर्वानुमानपछि उच्च सतर्कता अपनाइएको छ । विशेषगरी यहाँको पश्चिम बंगाल राज्यमा आँधीबाट बच्न सतर्कता अपनाइएको बताइएको छ ।

विशेषगरी आज बुधबार आँधीको डर रहेको मौसम पूर्वानुमान गरेपनि मंगलबारदेखि नै यहाँको जनजीवनमा त्रास फैलिएको थियो । भारतीय अधिकारीहरुले आँधीको बढी क्षति हुनसक्ने पूर्वानुमान गरिएका स्थानमा उद्धारको कार्य थालिएको छ ।

भारत सरकारका निकायहरुले नागरिकलाई सुरक्षित रहन र आँधीबाट बच्न सार्वजनिक सञ्चारमाध्यमहरुबाट सूचना प्रकाशन तथा प्रसारण गरेका छन् ।

यस आँधीबाट स्थानीय मानिसलाई सुरक्षित राख्न ओडिसा राज्यका विभिन्न स्थानबाट उद्धार पनि थालिएको बताइएको छ । उक्त राज्यका विभिन्न स्थानबाट बुधबार मात्र अधिकारीहरुले करिब डेढ लाख मानिसको उद्धार गरी सुरक्षित स्थानमा सारिएको बताएका छन् ।

पश्चिम बंगालको सुन्दरवन नजिक बुधबार अम्फान आँधीले ठूलै खतरा आउनसक्ने पूर्वानुमान गरिएको बताइएको छ । त्यसैले सो क्षेत्रमा विशेष सुरक्षा सतर्कता अपनाइएको छ ।

अम्फान आँधी पारादिपबाट दक्षिण–पूर्व ११० किलोमिटर टाढा देखिएको पनि बताइएको छ । यो आँधी प्रतिघण्टा १८–१९ किलोमिटरको गतिमा रहेको अनुमान यहाँका मौसमविद्हरुले गरेका छन् ।

बुधबार साँझसम्म यो आँधी पश्चिम बंगालमा आइपुग्ने खतरा देखिएको बताइएको छ । यस क्षेत्रमा आज अपरान्हदेखिको ६ देखि ८ घण्टाको समय निकै चुनौतीपूर्ण रहने बताइएको छ ।

भारतीय जलविज्ञान विभागले अम्फान आँधी पश्चिम बंगाल–बंगलादेशको तटीय इलाका हुँदै अघि बढ्ने पूर्वानुमान गरेको छ ।

प्रकाशित मिति : ७ जेठ २०७७, बुधबार  ६ : ४२ बजे

टिकटकर तुलसा अधिकारीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश

काठमाडौं – जिल्ला अदालत ललितपुरले टिकटकर तुलसा भन्ने तुल्सी अधिकारीलाई

करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु

झापा – झापाको अर्जुनधारामा आज दिउँसो एक जनाको माछा मार्ने

तातो लहरसम्बन्धी विशेष बुलेटिन : १४ जिल्लामा सतर्क रहन आग्रह

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले तातो दिन वा

वासिङ्टन सम्झौता अन्तिम मौका : लेबनानी राष्ट्रपति

बेरुत, लेबनान – वाशिङ्गटनमा इजरायलसँगको वार्तापछि घोषणा गरिएको युद्धविराम कार्यान्वयन

चोरीका १५ थान मोटरसाइकल बरामद

सुदूरपश्चिम – कैलालीको भजनी र लम्कीचुहा क्षेत्रबाट प्रहरी टोलीले आज