मेस्सी चुक्दा सेभिल्लासँग बार्सिलोनाको बराबरी « Khabarhub

मेस्सी चुक्दा सेभिल्लासँग बार्सिलोनाको बराबरी


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगा फुटबलमा साविक विजेता बार्सिलोना सेभिल्लासँग गोलरहित बराबरीमा रोकिएको छ ।

सेभिल्लाको घरेलु मैदानमा शुक्रबार राति भएको तनावपूर्ण खेल गोलरहित बराबरीमा सकिएको हो ।

खेलको १२ औं मिनेटमा सेभिल्लाका लागि जुलेस कोउन्डेले गरेको प्रहार पोस्ट भन्दा माथिबाट बाहिरियो ।

२१ औं मिनेटमा लिओनेल मेस्सीको फ्रिकिकलाई गोललाइन अगाडीबाट कोउन्डेले हेडरमार्फत क्लियर गर्दा बार्साले अग्रता लिने मौका गुमायो ।

यस्तै २५ औं मिनेटमा बार्सिलोनाका मिडफिल्डर इभान राकिटिचले गरेको प्रहार पनि पोस्टभन्दा परबाट बाहिरियो ।

खेलको इन्ज्युरी समयमा कोउन्डेले स्वारेजलाई फल गरेपछि खेलाडीबीच विवाद भएको थियो ।

रेफ्रीले बार्सिलोनाका सर्जियो बुस्केट्स र सेभिल्लाका फर्नान्डोलाई हात हालेपछि दुवैलाई पहेंलो कार्ड दिएका थिए । त्यसैबेला मेस्सीले डिएगो कार्लोसलाई हात हाल्दा भने रेफ्रीले कार्ड देखाएनन् ।

दोस्रो हाफको ६० औं मिनेटमा अनमार्क रहेका सेभिल्लाका लुकास ओकाम्पसको प्रहारले पोस्टको दिशा लिन सकेन । ७२ औं मिनेटमा मेस्सीले झन्डै २५ यार्ड टाढाबाट प्रहार गरेको फ्रिकिकलाई सेभिल्लाका गोलरक्षक भाच्लिकले विफल पारे ।

अन्ततः दुबै टोलीले गोल गर्न नसकेपछि खेल बराबरीमा सकियो । बराबरीले दोस्रो स्थानको रियल मड्रिडलाई फाइदा भएको छ ।

बराबरीसँगै शीर्षस्थानको बार्सिलोनाले ३० खेलमा ६५ अंक बनाएको छ भने दोस्रो स्थानको रियल मड्रिडको २९ खेलमा ६२ अंक रहेको छ ।

तेस्रो स्थानको सेभिल्लाले ३० खेलबाट ५२ अंक बनाएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ५ : ३५ बजे

इरानी आक्रमणमा कुवेत विमानस्थलमा एकको मृत्यु, ६३ घाइते

कुवेत सिटी – इरानले कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा गरेको आक्रमणमा एक

गर्मी छल्न बर्दिबासका विद्यालय बन्द

महोत्तरी – पछिल्ला पाँच दिनयता अचाक्ली बढेको गर्मी छल्न महोत्तरीको

पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो

काभ्रेपलाञ्चोक – वर्षौंदेखि दुई जिल्ला काभ्रेपलाञ्चोक र भक्तपुरको सीमास्थलमा अवस्थित

फिर्के खोला वरपरका १६० संरचना हटायो

कास्की – पोखरा महानगरपालिकाले बजारको मध्य भाग भएर बग्ने फिर्के

वर्षा घटेसँगै देशभर तापक्रम ह्वात्तै बढ्यो, भैरहवामा ४१ डिग्री

काठमाडौ – नेपालमा वर्षा घटेसँगै तापक्रममा ह्वात्तै वृद्धि भएको छ