भोलि अहिलेसम्मकै लामो सूर्य ग्रहण लाग्ने « Khabarhub

भोलि अहिलेसम्मकै लामो सूर्य ग्रहण लाग्ने


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

भोली असार ७ गते आइतबार अहिलेसम्मकै सबैभन्दा लामो सूर्य ग्रहण लाग्दैछ ।

बिहान १० बजेर ५० मिनेटमा स्पर्श हुने यो खण्डग्रास सुर्यग्रहण मध्यान्न १२ बजेर ३८ मिनेटमा मध्य र अपरान्ह २ बजेर २३ मिनेटमा मोक्ष हुनेछ । यो ग्रहणको अवधि ३ घण्टा ३३ मिनेटको हुनेछ ।

यो ग्रहण हेर्दा हरेक राशीअनुसार फरक फरक फल प्राप्त हुनेछ ।

मेष राशी – श्रीप्राप्ती
वृष राशी – क्षती
मिथुन राशी – घात
कर्कट राशी – ब्यय
सिंह राशी – लाभ
कन्या राशी – सुखम्
तुला राशी – माननाशः
वृश्चिक राशी – कष्टम्
धनु राशी – स्त्रीपिडा
मकर राशी – सौख्यम्
कुम्भ राशी – चिन्ता
मीन राशी – ब्यथा

खण्डग्रास सुर्यग्रहण २ नक्षत्रलाई समेटेर लाग्दैछ । मिथुन राशिमा लाग्ने कारणले यसलाई विशेष रुपमा हेरिएको छ । बीचको ३ घण्टा ३१ मिनेटमा हामीले बिशेष सावधानी पुर्‍याउनु आवश्यक हुन्छ । हिन्दु धर्मको परम्परा अनुसार ग्रहणकालमा निम्न १६ कामगर्न बर्जित गरीएको छ ।

१. ग्रहणको समयमाभोजन र जलआदि ग्रहण गर्न बर्जित गरिएको छ ।
२. ग्रहणकालमा भोजन बनाउनु् वा यसको तयारी गर्नु समेत हुदैन ।
३. ग्रहणकालमा कुनै पनि शुभकार्यको थालनी गर्नु हुदैन अन्यथा असफलता प्राप्त हुनेछ ।
४. ग्रहणकालमा देव पूजनका साथै देवीदेवताको मूर्तिस्पर्श गर्नबाट बच्नु पर्दछ ।
५. ग्रहणको सूतक कालमा उपासना वा देव दर्शन बर्जित रहन्छ ।
६. यस कालमा मदिरा, धुम्रपान वा सुर्ति सेवन गर्नुहुदैन अन्यथा ग्रहणको दुष्प्रभाव पर्दछ ।
७. ग्रहणको समयमा जुठो भाडाँ वा चुल्हो राख्नु हुदैन ।
८. यस कालमा माछामासु काट्ने वा बेच्न अुशभ हुने मान्यता छ ।
९. ग्रहणकालमा कपाल र नङ काट्नु वा काट्न लगाउनु हुदैन ।
१०. यस कालमा सिलाई कटाइ गर्नु समेत अशुभ मानिन्छ ।
११. ग्रहण कालमा तिखा, धारिलो हतियारको प्रयोग गर्न बर्जित रहन्छ ।
१२. ग्रहणकालमा निदाउनु समेत हुदैन अन्यथा यसले हानि पुर्‍याउने धार्मिक मान्यता छ ।
१३. ग्रहणको समयमा शारीरिक सम्बन्ध राख्न बर्जित छ । अन्यथा अशुभ हुने विश्वास छ ।
१४. ग्रहणलाई नागों आखाँले हेर्नु हुदैन ।
१५. यस कालमा ग्रहणको छायाँबाट गर्भवती महिलाले विशेष रूपमा बच्नु पर्दछ ।
१६. ग्रहणकालमा वृद्ध र रोगी मानिसले घर बाहिर निस्कनु हुदैन ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १० : ३० बजे

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर- युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति जनाएको

विश्वकपपछि मैदान फर्किए लियोनेल मेसी

मियामी – विश्वकप फुटबलको व्यस्ततापछि लियोनेल मेसी मैदान फर्किएका छन्

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन– संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी मुलुकहरू

‘ब्रड पिक’ हिमपहिरो नेपालको पर्वतारोहणको इतिहासको दुःखद अन्त्य : महासचिव पोखरेल

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले पाकिस्तानको ‘ब्रड पिक’मा हिमपहिरोमा परी

कार्यसम्पादनलाई थप प्रभावकारी बनाउन कार्यशाला गोष्ठी

कञ्चनपुर– सुदूरपश्चिम विश्वविद्यालयले विश्वविद्यालय तथा अन्तर्गतका सबै क्याम्पसहरूको प्रशासनिक क्षमता