जुम्लामा ९० प्रतिशत रोपाइँ सम्पन्न « Khabarhub

जुम्लामा ९० प्रतिशत रोपाइँ सम्पन्न


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – जुम्लामा करीब ९० प्रतिशत रोपाइँ सकिएको छ ।

सिंजा, पाँच सय, दानुअ, चौधबीस र असी दराखोलाका रोपाइँ हुने क्षेत्रमा कालीमार्सी, लेकाली एक र तीन तथा चन्दननाथ एक र तीन जातको रोपाइँ भएको छ ।

मार्सी जुम्लाको रैथाने धान हो भने अरु सबै कृषि अनुसन्धान केन्द्रले विकास गरेका नयाँ जातका धान हुन् । कृषि विकास कार्यालय जुम्लाका प्रमुख बालकराम देवकोटाका अनुसार यस वर्ष जिल्लामा दुई हजार ७५० हेक्टर जमीनमा धान रोपिएको अनुमान छ।

अघिल्लो वर्ष दुई हजार आठ सय हेक्टरमा धान रोपिएको थियो । जिल्लामा पचास हेक्टरमा तरकारी खेती गरिएको छ ।

तलिचौर, कुडारी र रारालिहीका किसान तरकारी खेतीतिर आकर्षित भएको हुनाले यस वर्ष धान रोप्ने क्षेत्रफल ५० हेक्टर घटेको प्रमुख देवकोटाले बताए ।

चन्दननाथ र गुठीचौरमा पूरै रोपिसकिएको छ भने कुडारी, रारालिही र सिंजामा केही रोपाइँ हुन बाँकी छ । सिंजामा असार १० गतेसम्म पनि रोपाइँ चल्ने गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ११ : ०० बजे

आज २०८३ साल कात्तिक ९ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ९ गते सोमबार सन् २०२६

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,