महाधिवेशन प्रक्रिया तत्काल सुरू नगरे युवा प्रतिनिधिले विशेष महाधिवेशन माग गर्नेछ – नेतृ कोइराला « Khabarhub

महाधिवेशन प्रक्रिया तत्काल सुरू नगरे युवा प्रतिनिधिले विशेष महाधिवेशन माग गर्नेछ – नेतृ कोइराला


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ सुजाता कोइरालाले महाविधेशन प्रक्रिया तत्काल सुरू नगरे युवा प्रतिनिधिहरुले विषेश महाविधेशनको माग गर्ने तयारी गरेको खुलासा गरेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत नेतृ कोइरालाले तत्काल १४ औं महाविधेशनको प्रक्रिया सुरू नभए पार्टीका युवा प्रतिनिधिहरुले विषेश महाविधेशनको माग गर्नसक्ने जानकारी आफुले पाएको उल्लेख गरेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्,‘अव नेपाली कांग्रेसको केन्द्रीय नेतृत्वले महाधिवेशनको प्रकृया सुरु गर्न ढिला गर्नु हुँदैन ! यदी तुरुन्त त्यसो हुन् सकेन भने पार्टीका युवा प्रतिनिधिहरुले विशेष महाधिवेशन माग गर्ने तयारी गरेको सुचना मैले पाएको छु ।’

कांग्रसको विधानको दफा १७ मा केन्द्रीय समितिले आवश्यक ठानेमा वा ४० प्रतिशत केन्द्रीय सदस्यहरुले विषेश महाविधेशनको बैठक बोलाउन माग गरेमा ३ महिनाभित्र महाविधेशन बैठक बोलाउनुपर्ने व्यवस्था छ ।

कांग्रेसको विधानअनुसार एकचौथाई महाधिवेशन प्रतिनिधिहरुले विषेश महाविधेशनको माग गरे तत्काल महाविधेशनको प्रक्रिया सुरू गर्नुपर्ने व्यवस्था छ । कांग्रेसको विधानको दफा ४४ को उपदफा १ मा सभापतिविरुद्ध अविश्स्वासको प्रस्ताव दर्ता गर्नसक्ने व्यवस्था समेत छ ।

जुन उपदफामा कुल निर्वाचक (महाधिवेशन प्रतिनिधि)हरुमध्ये २५ प्रतिशतले सभापतिविरुद्ध अविश्वासको प्रस्ताव केन्द्रीय समितिमा पेश गर्नसक्ने व्यवस्था छ । केन्द्रीय समितिमा दुई तिहाई सदस्यले पारित गरेमा सभापतिसहित अन्य पदाधिकारी समेत पदमुक्त हुने व्यवस्था रहेको छ ।

कांग्रेसको आगामी महाधिवेशन आगामी फागुन ७ गतेदेखि काठमाडौंमा गर्ने निर्णय केन्द्रीय समितिले गरेको छ । तर कोरोना महामारीका कारण तल्ला तहमा हुनुपर्ने काम हुन नसकेका कारण विधान र नेपालको संविधानको व्यवस्था टेकेर सभापति शेरबहादुर देउवाले अर्को एकवर्ष कार्यकाल थप्नसक्ने अनुमान कांग्रेसका नेताहरुले गर्दै आएका छन् ।

यसअघि अघिल्लो वर्षको फागुन २० गते सकिने कांग्रेस नेतृत्वको कार्यकाल एक वर्ष थपेर आगामी फागुनमा महाविधेशन गर्ने निर्णय कांग्रेसले गरेको थियो । कोरोना महामारीका कारण कांग्रेसको महाविधेशन कार्यतालिका समेत बिथोलिएको छ ।

कार्यतालिकाअनुसार गत जेठ १५ गतेसम्म क्रियाशिल सदस्यता वितरण गरिसक्नुपर्ने व्यवस्था थियो । तर अहिलेसम्म ३५ वटाभन्दा बढि जिल्लामा क्रियाशिल सदस्यता वितरण हुन सकेको छैन ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  २ : ३२ बजे

सभामुख डीपी अर्यालले बोलाए दलका प्रमुख सचेतकहरूको बैठक

काठमाडौँ – सभामुख डोलप्रसाद अर्यालले सोमबार बिहान प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट ११ जना पक्राउ

काठमाडौं – नियमित गस्तीमा रहेको प्रहरीको टोलीले देशका विभिन्न स्थानबाट

ईश्वरी हत्या प्रकरणमा थप तीन जना पक्राउ

काठमाडौं – प्रहरीले ईश्वरी भुजेल हत्या प्रकरणमा थप तीन जनालाई

हिमाली क्षेत्रमा असुरक्षा बढ्दै गएको भन्दै सुरक्षाको माग

काठमाडौं – सगरमाथा आरोही सङ्घले नेपालको हिमाली क्षेत्रमा असुरक्षा बढ्दै

हेजबुल्लाहविरुद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले लेबनानमा हेजबुल्लाहविरुद्ध थप ‘भौतिक’