'स्वास्थ्य मन्त्रालयले विश्वसनियता गुमायो' | Khabarhub Khabarhub

‘स्वास्थ्य मन्त्रालयले विश्वसनियता गुमायो’


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- ब्राजिलमा कोभिड सङ्क्रमित र मृत्यु हुनेको सङ्ख्या अत्यधिक भएपछि पूर्व स्वास्थ्यमन्त्री लुइज हेनरिक म्यानडेटाले विज्ञानको नियम र अन्तर्राष्ट्रिय अभ्यास अनुसार देशमा बन्दाबन्दीको तयारी गरिरहेका समय उनलाई पदबाट हटाइएको बताएका छन् ।

राष्ट्रपति जाइर बोल्सेनारोले चिकित्सकसमेत रहेका ५५–वर्षीय स्वास्थ्यमन्त्रीसँग विवाद बढेपछि गत अप्रिलमा पदबाट हटाइएको थियो । राष्ट्रपतिको यो कदमलाई तत्कालिन स्वास्थ्यमन्त्रीले भाइरससँगको लडाईँमा राष्ट्रपतिको प्रतिक्रियालाई अनियन्त्रित उत्तेजनाको संज्ञा दिए । अहिलेसम्म ब्राजिल कोभिड–१९ का कारण विश्वको दोस्रो धेरै सङ्क्रमित र मृत्यु हुने मुलुक बनेको छ ।

शनिबारसम्ममा अमेरिकामा सबैभन्दा बढी २२ लाख ९७ हजार सङ्क्रमित र एक लाख २१ हजार १०७ जनाको मृत्यु भएको छ ।

राष्ट्रपति बोल्सोनारोले म्यानडेटालाई हटाएपछि अर्का एक चिकित्सकलाई जिम्मेवारी दिइएको थियो । तर उनले पनि एक महिनामा नै पदबाट राजिनामा दिएका थिए । त्यसपछि स्वास्थ्य क्षेत्रको अनुभव नभएका सैनिक जनरल एड्वार्डो पाजुएलोलाई स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका थिए ।

स्वास्थ्यमन्त्रीका रूपमा ख्यातिप्राप्त म्यानडेटाले एएफपीसँगको अन्तवार्तामा भने, ‘पाजुएलोको स्वास्थ्य क्षेत्रको ज्ञान नहुँदा उनले विभिन्न २० सैनिकलाई स्वास्थ्य क्षेत्रका उच्च पदमा नियुक्त गरी आफ्नो उपस्थितिलाई बलियो बनाउने कोशिस भएपनि उनको नेतृत्व भएको स्वास्थ्यमन्त्रालयप्रति जनताको विश्वास गुमेको छ ।

जसरी हामी चिकित्सकहरूलाई युद्धको जानकारी हुँदैन त्यसैगरी सैनिक जनरलले स्वास्थ्य क्षेत्रको यथेस्ठ ज्ञान नहुनु स्वभाविक हो । तर इतिहास नै यसबारे न्यायाधीश बन्नेछ । कोरोनाभाइरस सङ्क्रमित विरामीले वास्तविक कथा बताउँनेछन् । यदि उनीहरूका भनाइलाई जस्ताको तस्तै प्रकाशित गरियो भने ।

पद्धतिलाई परिवर्तन गर्दा जनताको विश्वास टुट्छ । अन्तिममा तपाईंले जुन कुरा गर्न चाहेपनि त्यतिवेलासम्म मन्त्रालयको विश्वसनियता गुमिसक्छ । किनभने विश्वसनियता नै तपाईलाई अख्तियार दिने हो । तर दुर्भाग्यको कुरा उनीहरू (सरकारी अधिकारी) ले तथ्याङ्क, पारदर्शिता नदेखाउँदा उनीहरूले विश्वसनियता गुमाएका छन् ।

ब्राजिलका विरामीका लागि हाइड्रोक्लोरोक्वीनको प्रयोग गलत भएको दावी गर्दै उनले भने, ‘हाइड्रोक्लोरोक्विनका प्रयोग यसको प्रयोगबारे वैज्ञानिक आधार पुष्टि भएपछि मात्रै गरौँ भन्ने आफ्नो तर्क सैनिक पृष्ठभूमिबाट आएका राष्ट्रपति र स्वास्थ्यमन्त्रीका कारण असम्भव भयो । अहिले यसको प्रयोगबाट समस्या हुने देखिएपछि रोक्ने निर्णय गर्नुभन्दा पहिल्यै सावधानी अपनाउनु राम्रो हुने थियो । उहाँहरूले नागरिकको स्वास्थ्यका लागि स्वास्थ्य विज्ञानको सट्टा राजनीतिशास्त्र र सैन्यशास्त्र प्रयोग गर्दा नागरिकको मन्त्रालयप्रतिको विश्वास गुमेको छ ।’

के ब्राजिलले बन्दाबन्दीलाई महामारी नियन्त्रणको उपायका रूपमा लिन्छ त भन्ने प्रश्नमा उनले भने, ‘यो सैनिकले अड्डा जमाएको मन्त्रालय भएको छ । दुभाग्यको कुरा स्वास्थ्यमन्त्रालयले स्वास्थ्यसम्बन्धी व्यवस्थापनमा चुकेको छ । अब ढिलो भयो देशमा आर्थिक तथा स्थानीय निर्वाचनको दवाव रहेको छ । अब बन्दाबन्दी गर्न कठिन छ । यो उपाय सुरूमै गर्न सकेको भए यति ठूलो स्वास्थ्य सङ्कट निम्तिने थिएन कि ।’

‘देशमा विभिन्न विचारहरू रहेका छन् के हुन्छ हेरौँ भोलिका दिनमा थाहा होला,’ उनले थपे ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ३ : ४७ बजे

खराब मौसमका कारण दिल्लीमा उडान तथा रेल सेवा प्रभावित

एजेन्सी – बाक्लो कुहिरोले शुक्रबार उत्तरी भारतका उडान र रेल

चीनमा हवाई यात्रु ट्राफिक रेकर्ड उच्च

एजेन्सी – चीनको नागरिक उड्डयन क्षेत्रले गत वर्ष ७३ करोड

पृथ्वी जयन्तीमा राप्रपाले महेन्द्र सालिकदेखि पृथ्वी सालिकसम्म एकता र्‍याली गर्ने

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले ३०३औँ पृथ्वी जयन्तीका अवसरमा

चितवन महोत्सव पुस २५ गतेदेखि, १५ दिनसम्म चल्ने

काठमाडौं – चितवनको नारायणगढस्थित नारायणी किनारमा यही पुस २५ गतेदेखि

इन्डोनेसियामा ३३ वर्ष यताकै बढी गर्मी

एजेन्सी – इन्डोनेसियाले सन् २०२४ मा ३३ वर्ष यताकै तातो