होम क्वारेन्टिनमा मृत्युभएका गुल्मीका ६९ वर्षे पुरुषमा पनि कोरोना पुष्टि « Khabarhub

होम क्वारेन्टिनमा मृत्युभएका गुल्मीका ६९ वर्षे पुरुषमा पनि कोरोना पुष्टि


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- होम क्वारेन्टिनमा मृत्यृ भएका गुल्मीका ६९ वर्षे पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । छत्रकोट–५ मैनडाँडाका उनको बिहीबार राति ज्यान गएको थियो ।

उपचार गर्न भारत गएका उनी जेठ २५ गते घर फर्किएका थिए । गुल्मीका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले मृत्यु भएका ६९ वर्षे पुरुषमा कोरोना संक्रमण पुष्टि गर्दै उनको शव व्यवस्थापनमा खटिने र नजिक हुने स्थानीयको कन्ट्याक ट्रेसिङ शुरू गर्ने बताए ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा कोरोना रिपोर्ट पाजेटिभ आएको हो। पहिले देखिनै प्यारालाइसिसको बिरामी रहेका र जेठ २५ गते भारतबाट उपचार गराइ आएकाले उनलाई अलग्गै होम क्वारेन्टाइनमा राखिएको थियो ।

परिवारको सहमति अनुसार शबलाई नेपाली सेना र नेपाल प्रहरीले शुक्रबार बिहान नै ब्यबस्थापन गरेको गुल्मी जिल्लाका प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसको आधिकारीक पुष्टि गर्न बाँकी छ । गुल्मीमा यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

यसभन्दा पहिले मदाने गाउँपालिका वडा नं ६ पुर्कोटदहका ४१ वर्षीय शिक्षकको रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको थियो भने अर्का धुर्कोट गाउँपालिकाका ३६ वर्षीय पुरुषको तम्घासको आइसोलेशनमा उपचारको क्रममा मृत्यु भएको थियो ।

यसअघि बिहीबार २ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको पुष्टि भएको थियो।

सेती प्रादेशिक अस्पतालमा मृत्यु भएका कैलालीको गोदावारी नगरपालिका–४ का ४६ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसैगरी बिहीबार नै कैलालीको लम्कीचुहाकी ४३ वर्षकी महिलाको कोरोनाकै कारण मृत्यु भएको पुष्टि भएको थियो ।

यसअघि नेपालमा कोरोनाबाट सिन्धुपाल्चोककी २९ वर्षीया महिला, बाँके नरैनापुरका २५ वर्षीय युवक, बारा कलैयाका ७० वर्षीय वृद्धको मृत्यु भएको छ ।

त्यसैगरी ललितपुर महानगरपालिका वडा नं. २२ का एक जना पुरुष, अर्घाखाँची भुमिकास्थान नगरपालिका-९ पुरुष, दैलेखको दुल्लु–११ का ३५ वर्षीय पुरुष, बाजुराकी २ वर्षीया बालिका, दोलखाका दोलखाका ७६ वर्षीय पुरुष, पाल्पाका पुर्वखोला गाउँपालिका सिलुवाका ४५ वर्षका पुरुषको पनि कोरोनाका कारण ज्यान गएको छ ।

यसैगरी डोल्पाको जगदुल्ला गाउँपालिका ३ निवासी ५८ वर्षका पुरुष, सुर्खेतको पञ्चपुरी नगरपालिका-१ हाँसेका २८ वर्षीय पुरुष, कैलाली धनगढी उपमहानगरपालिका वडा नम्बर ४ की ५५ वर्षीया महिला, स्याङ्जाका ५८ वर्षीय पुरुष, भरतपुर नगरपालिका-११ बस्ने ६८ पुरुषको मृत्यु भएको छ ।

त्यस्तै अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर–४ का ५७ वर्षका पुरुष, बाराका एक पाँच वर्षे बालक, वीरगंजमा वेवारिसे भेटिएका एक पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ६ की ४६ बर्षीया महिला गरी २० जनाको कोरोनाका कारण मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ३ : ५७ बजे

राष्ट्रिय सभाका समिति सभापतिले लिए शपथ

काठमाडौं- राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ लिएका छन् । 

प्रधानमन्त्री कार्यालयमा मन्त्रीका लागि कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष ब्रिफिङ

काठमाडौँ – परराष्ट्र मन्त्रालयले सरकारका मन्त्रीका लागि ‘परराष्ट्र मामिला तथा

दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको

दुई सय ६६ दीर्घ रोगीलाई आर्थिक सहयोग

तनहुँ– व्यास नगरपालिकाले दुई सय ६६ जना दीर्घ रोगीलाई ३९

पर्यटकको रोजाइमा इलामको तीनकुने पोखरी

इलाम– इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय