पछिल्लो २४ घण्टामा १ सय ७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज « Khabarhub

पछिल्लो २४ घण्टामा १ सय ७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा शनिबार थप १ सय ७६ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

आज कोरोना संक्रमण जितेर अस्पतालबाट डिस्चार्ज हुनेमा सिरहा अस्पतालबाट २६ पुरुष, जानकी अस्पताल बाँकेबाट ४१ जना पुरुष, सुशील कोइराला प्रखर क्यान्सर अस्पतालबाट १३ जनाले कोरोना संक्रमण जितेर डिस्चार्ज भएका स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिंगमा मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए ।

त्यस्तै, कोसी अस्पतालबाट मोरङका १ जना पुरुष र १ जना महिला, खोटाङका ३ जना पुरुष, सुनसरीका १ पुरुष र २ महिला, उदयपुरका १ पुरुष र १ महिला गरी जम्मा १० जना कोसी अस्पताल डिस्चार्ज भएका छन् ।

प्रवक्ता गौतमका अनुसार सुर्खेतबाट सल्यानका ११ जना पुरुष र सुर्खेतका १३ जना पुरुष गरी २४ जना डिस्चार्ज भएका छन् ।

कोरोना विशेष अस्पताल दाङबाट २जना महिला र ३ जना पुरुष डिस्चार्ज भएका छन् । मनहरी आइसोलेशनबाट १ जना महिला र ५ जना पुरुष गरी ६ जना डिस्चार्ज भएका छन् ।

डडेलधुरा अस्पताल २ जना अछाम अस्पतालबाट ५ जना, दार्चुला अस्पतालबाट २ जना, डोटी अस्पताल ९ जना, धनगढीबाट ८ पुरुष, टीकापुरु अस्पतालबाट ४ जना, नेपालगन्ज मेडिकलबाट १ जना, महाकाली अस्पतालबाट ८ जना र भरपुरबाट ६ जना डिस्चार्ज भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ हजार ५७८ पुगेको छ । जनामध्ये १ सय ४१ जना महिला र १ हजार ४ सय ३७ जना पुरुष रहेका छन् ।

शनिबार नेपालमा थप ३३१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ हजार ६०५ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या ८ हजार ६०५ पुगेको जानकारी दिएका हुन् ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ४ : ३० बजे

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि