शिक्षाविद् अंगुरबाबा जोशीको निधन « Khabarhub

शिक्षाविद् अंगुरबाबा जोशीको निधन


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शिक्षाविद् अंगुरबाबा जोशीको निधन भएको छ। जोशीको ८९ वर्षको उमेरमा निधन भएको हो।

जोशीको उपचारका क्रममा शनिबार मृत्यु भएको हो। छातीमा समस्या भएपछि जोशीको बाँसबारीस्थित न्युरो अस्पतालमा उपचार भइरहेको थियो।

जोशीको आज दिउँसो मृत्य भएको  पारिवारिक स्रोतले जानकारी दिएको छ ।

काठमाडौं डिल्लीबजारकी अङ्गुरबाबा नेपालको पहिलो महिला क्याम्पस प्रमुख थिइन् । उनी सात समुद्रपार उच्च अध्ययन गर्न जाने प्रथम नेपाली महिला पनि थिइन्।

नेपालको छात्रा शिक्षालाई जोशीको महत्वपूर्ण योगदान रहेको छ । उनकै अगुवाईमा काठमाडौंमा पद्म कन्या (पीके) क्याम्पसको जग्गा व्यवस्था र क्याम्पस स्थापना भएको हो । उक्त क्याम्पसमा पढ्ने छात्राले पहिरिने पोशाक गेरु रंगको सारी र चोला जोशीले लागू गरेकी थिइन् ।

जोशीको जन्म सन् १९३२ अगस्ट १५ मा काठमाडौंको डिल्लीबजारमा भएको थियो । जोशीको कलिलै उमेरमा नेपालका पहिलो आणविक वैज्ञानिक बलराम जोशीसँग विवाह भएको थियो । त्यसपछि शिक्षाआर्जन गरेकी थिइन् ।

२००७ सालमा एसएलसी उत्तीर्ण गरेकी जोशीले पतिसँगै वनारसबाट राजनीति शास्त्र र संस्कृत विषयमा बिए शिक्षा हासिल गरेका थिए । त्यसपछि बेलायतबाट ब्यारिस्टर (कानुनमा अधिवक्ता) बन्ने पहिलो महिला हुन् । साथै क्याम्पस प्रमुख बन्ने पहिलो नेपाली महिला हुन् ।

जोशीका दुई छोरी प्रभा र ज्योति, एक छोरा किरणराज तथा बुहारी रुपा जोशी र १०७ वर्षकी सासुआमा चन्द्रकुमारी जोशी छन् ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ५ : १४ बजे

राष्ट्रिय सभाका समिति सभापतिले लिए शपथ

काठमाडौं- राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ लिएका छन् । 

प्रधानमन्त्री कार्यालयमा मन्त्रीका लागि कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष ब्रिफिङ

काठमाडौँ – परराष्ट्र मन्त्रालयले सरकारका मन्त्रीका लागि ‘परराष्ट्र मामिला तथा

दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको

दुई सय ६६ दीर्घ रोगीलाई आर्थिक सहयोग

तनहुँ– व्यास नगरपालिकाले दुई सय ६६ जना दीर्घ रोगीलाई ३९

पर्यटकको रोजाइमा इलामको तीनकुने पोखरी

इलाम– इलामको चुलाचुली गाउँपालिका–२ मा अवस्थित ‘तीनकुने पोखरी’ पछिल्लो समय