होम क्वारेन्टिनमा बसेकी बालिकाको मृत्यु « Khabarhub

होम क्वारेन्टिनमा बसेकी बालिकाको मृत्यु


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

प्युठान- प्युठानमा आरडीटी नेगेटिभ भएपछि होम क्वारेन्टिनमा बसेकी बालिकाको मुत्यु भएको छ ।

झिमरुक गाउँपालिका वडा नं २ की ११ वर्षीया बालिकाको आज अपराह्न घरमै निधन भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए ।

गत जेठ २१ गते भारतबाट आएकी वडा नं २ स्थित सर्वोदय माध्यमिक विद्यालयको क्वारेन्टिनमा १४ दिन बसेपछि यही असार ३ गते उनको कोरोना आरडीटी गरिएको थियो ।

आरडीटी रिपोर्ट नेगेटिभ आएपछि उनी होम क्वारेन्टिनमै बस्दै आएकी थिइन् । मृतक बालिका मिर्गौैला र ब्लड क्यान्सरको बिरामी रहेको जानकारी आएको सूचना अधिकारी पौडेलले बताए ।

बालिकाको पीसीआर परीक्षणका लागि स्वाब सङ्कलन गर्न स्वास्थ्यकर्मी घटनास्थल जाँदै गरेको जनाइएको छ ।

 

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ७ : ५८ बजे

फ्रान्समा अवैध आप्रवासी बोक्ने बेलायती भ्यानभित्र मृत शरीर भेटियो

लिल, फ्रान्स – उत्तरी फ्रान्सको सडकको विश्रामस्थलमा पार्क गरिएको बेलायती

चर्को ध्वनिसहित मोटरसाइकल चलाउनेविरुद्ध कारबाही

गण्डकी – स्वरूप परिवर्तन (मोडिफाइड) गर्ने र चर्को ध्वनिसहित मोटरसाइकल

ब्राजिलसँग भारतको फराकिलो हार

काठमाडौं – पाँच पटकको विश्व च्याम्पियन ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा

रास्वपाको केन्द्रीय समिति बैठक : स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट समिति गठन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) केन्द्रीय समितिको आज बसेको