मुस्ताङमा पनि कोरोना पुष्टि, गण्डकी प्रदेशमा थपिए ५० संक्रमित « Khabarhub

मुस्ताङमा पनि कोरोना पुष्टि, गण्डकी प्रदेशमा थपिए ५० संक्रमित


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शनिबार साँझ मुस्ताङसहित गण्डकी प्रदेशका ४ जिल्लाका ५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य निर्देशनालय पोखराले शनिबार साँझ विज्ञप्ति जारी गर्दै तनहुँका २ जना, बाग्लुङका २९ जना, नवलपरासी सुस्तापूर्वका १८ जना र मुस्ताङका १ गरी ५० जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएको हो ।

अध्यावधिक विवरण अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ४८८ पुगेको छ |

थप भएका नयाँ संक्रमितहरु सबैजना सम्बन्धित पालिकाको क्वारेन्टाइनमा रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनीहरु सबैलाई सम्बन्धित जिल्लाहरुमा रहेका आईसोलेसन कक्षमा लैजाने तयारी भइरहेको जनाएको छ ।

यसअघि नेपालका ७४ जिल्लामा कोरोना संक्रमित देखिएका थिए । अब मुस्ताङ पनि थपिएसँगै ७५ जिल्लामा कोरोना संक्रमण फैलिएको छ ।

यसैबीच, जिल्ला स्वास्थ्य कार्यालय मुस्ताङले समेत विज्ञप्ति जारी गर्दै मुस्ताङमा पहिलो पटक एक जनामा कोरोना पुष्टि भएको जानकारी दिएको छ ।

उनी काठमाडौंको बौद्धबाट हालै मुस्ताङ गएको जनाइएको छ । ८३ वर्षीया उनको स्वास्थ्य अवस्था सामान्य रहेको स्वास्थ्य कार्यालय मुस्ताङले जनाएको छ ।

 

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ८ : ३८ बजे

राष्ट्रिय सभाका समिति सभापतिले लिए शपथ

काठमाडौं- राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ लिएका छन् । 

प्रधानमन्त्री कार्यालयमा मन्त्रीका लागि कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष ब्रिफिङ

काठमाडौँ – परराष्ट्र मन्त्रालयले सरकारका मन्त्रीका लागि ‘परराष्ट्र मामिला तथा

भैँसीपालनमा जुट्दै लुङ्गिनका किसान

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै

दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको

दुई सय ६६ दीर्घ रोगीलाई आर्थिक सहयोग

तनहुँ– व्यास नगरपालिकाले दुई सय ६६ जना दीर्घ रोगीलाई ३९