राप्ती नदीको बाढीले खतराको बिन्दु नाघ्यो, सुरक्षा सतर्कता अपनाउन आग्रह « Khabarhub

राप्ती नदीको बाढीले खतराको बिन्दु नाघ्यो, सुरक्षा सतर्कता अपनाउन आग्रह


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- शुक्रबार रातिदेखि परेको लगातारको वर्षाले शनिबार राप्ती नदीमा पानीको सतह खतराको बिन्दुभन्दा माथि पुगेको छ ।

दाङ, रोल्पा, प्युठान र बाँकेमा भैरहेको वर्षाले राप्ती नदीमा पानीको सतहले ‘खतराको बिन्दु’ पार गरेको हो ।

राप्ती नदीमा पानीको सतह ५.४० मिटर भन्दा बढी पुगेपछि खतराको निशान पार गरेको मानिन्छ ।

शनिवार बेलुका ६.४५ बजे नदीको सतहले ५.७४ मिटर पार गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगले जानकारी दिए ।

उनले साँझ पौने सात बजेतिर नदीको सतहले ५.७४ मिटर पार गरेकोले सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरे ।

राप्तीमा पानीको सतह बढेपछि खतराको साइरन बजाइएको छ । साइरन बजेपछि डुबानको जोखिम रहेका क्षेत्रका मानिसहरु सुरक्षित स्थानमा जान थालेको उनले बताए ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत गौरी बुढाथोकीले नदीको सतहले खतराको विन्दु पार गरिसकेकाले बाढी पस्ने संभावित क्षेत्रहरुमा साइरन बजाइएको जानकारी दिए ।

उनका अनुसार राप्तीसोनारी गाउँपालिकाका १ देखि ७ सम्मका वडाहरु, डुडवाका १ देखि ३ र नरैनापुरका ५ र ६ नम्बर वडा अत्याधिक जोखिममा रहेका छन् ।

भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधका ढोकाहरु समयमा खोलिदिँदा डुवानको जोखिम कम हुने उनले बताए ।  तर, बाँधको ढोकाहरु खोल्दा आफ्नो देशमा डुवान हुने भएकाले भारतले ढोका नखोल्ने गरेको बताए ।

जिल्ला आपतकालीन कक्षले उद्धार सामाग्रीसहित उद्धार टोलीलाई राप्तीसोनारी, डुडुवा र नरैनापुरमा सतर्क अवस्थामा राखेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ९ : ३८ बजे

राष्ट्रिय सभाका समिति सभापतिले लिए शपथ

काठमाडौं- राष्ट्रिय सभाका विभिन्न समितिका सभापतिहरूले शपथ लिएका छन् । 

प्रधानमन्त्री कार्यालयमा मन्त्रीका लागि कूटनीतिक आचारसंहिता सम्बन्धी विशेष ब्रिफिङ

काठमाडौँ – परराष्ट्र मन्त्रालयले सरकारका मन्त्रीका लागि ‘परराष्ट्र मामिला तथा

भैँसीपालनमा जुट्दै लुङ्गिनका किसान

भोजपुर– भोजपुरको हतुवागढी गाउँपालिका–२ लुङ्गिनका किसान स्थानीय सरकारको अनुदान सहयोगसँगै

दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिर पुनर्निर्माण गर्दै कामपा

काठमाडौं– काठमाडौं महानगरपालिकाले दुई सय वर्ष पुरानो गगनेश्वर मन्दिरको पुनर्निर्माणको

दुई सय ६६ दीर्घ रोगीलाई आर्थिक सहयोग

तनहुँ– व्यास नगरपालिकाले दुई सय ६६ जना दीर्घ रोगीलाई ३९