मोरङको डोरियामा सशस्त्र प्रहरीको ‘बीओपी’ स्थापना « Khabarhub

मोरङको डोरियामा सशस्त्र प्रहरीको ‘बीओपी’ स्थापना


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ- मोरङको रतुवामाई नगरपालिका–२ डोरियास्थित सीमा क्षेत्रमा सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल बोर्डर आउट पोष्ट (बीओपी) आज स्थापना गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं १ बराह वाहिनीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक नगेन्द्रबहादुर थापा र रतुवामाई नगरपालिकाका प्रमुख रबिन राईले विओपीको शुभारम्भ गरे ।

बीओपीमा प्रहरी निरीक्षकको कमान्डमा ३५ जना सशस्त्र प्रहरी रहनेछन् । मोरङ जिल्लाको भारतसँग सीमा जोडिएको ६३ किलोमिटर क्षेत्रमा सातवटा सशस्त्र बोर्डर आउट पोष्ट सञ्चालनमा आएका छन् । यसअघि विराटनगरको वखरी, जहदा, नोचा, धनपालथान, बरडङगा लगायतका स्थानमा बीओपी स्थापना भइसकको छ ।

सशस्त्र प्रहरी नायब महानिरीक्षक थापाले सीमा क्षेत्रको सुरक्षाका लागि प्रत्येक ३.५ किलोमिटरमा पोष्ट स्थापना गरिन लागेको बताउँदै स्थानीय जनताको सेवा तथा उनीहरुको समस्यालाई ध्यानमा राख्न प्रहरीलाई निर्देशन दिए ।

नगरप्रमुख रबिन राईले पोष्टको स्थापनासँगै सीमा क्षेत्रमा हुने अवैधानिक क्रियाकलापहरुको नियन्त्रण र शान्तिसुरक्षा कायम गर्न थप सहयोग पुग्ने बताए ।

पोष्ट स्थापनाका लागि आठ कट्ठा चार धुर जग्गा निःशुल्क उपलब्ध गराउने सनातन राजवंशीलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो । पोष्टको भौतिक पूर्वाधारलगायतको निर्माणमा रतुवामाई नगरपालिकाले सहयोग गरेको छ ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १० : ३३ बजे

कास्की–४ मा कांग्रेसका दीपक रानाभाट अगाडि

कास्की– जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ को सार्वजनिक मतपरिणाम

आफैंलाई मोसो दल्दै माओवादी छाडेका रहबरलाई फाप्यो रास्वपा, फराकिलो मतान्तरले विजयी

बारा- बारा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र

बाजुरामा कांग्रेसका जनक गिरी अग्रस्थानमा

बाजुरा– बाजुरा प्रतिनिधिसभा क्षेत्रको पछिल्लो मतगणना अनुसार नेपाली कांग्रेसका उम्मेदवार

पाँचथरमा कांग्रेस अगाडि

पाँचथर– पाँचथर प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार नरेन्द्रकुमार केरुङ

बैतडी–१ मा रास्वपाका हरि र एमालेका दामोदरबीच कडा प्रतिस्पर्धा

बैतडी- बैतडी प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र