विश्वमा कोरोना : १ करोड ४६ लाखभन्दा बढी संक्रमित   « Khabarhub

विश्वमा कोरोना : १ करोड ४६ लाखभन्दा बढी संक्रमित  


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – विश्वभर १ करोड ४६ लाखभन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण भएको छ ।

एकै दिन २ लाख २० हजार ७३ जनामा संक्रमण देखिएसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म विश्वभर संक्रमित हुनेको संख्या १ करोड ४६ लाख ४० हजार ३२६ पुगेको छ ।

वर्ल्डोमिटर्सका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ३१६ जनाको कोरोना संक्रमणबाटै मृत्यु भएको छ । योसँगै मृत्यु हुनेको संख्या ६ लाख ८ हजार ८५४ पुगेको छ ।

सोमबार यो समाचार तयार पार्दासम्म संक्रमणमुक्त हुनेको संख्या ८७ लाख ३० हजार ३४८ पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट युरोपियन मुलुकहरूमा १ लाख ९९ हजार ८७ जनाको मृत्यु भएको छ । २६ लाख ६९ हजार ३८१ जना संक्रमित भएकोमा १५ लाख ८८ हजार ७८८ जना संक्रमणमुक्त भएका छन् ।

उत्तर अमेरिकी मुलुकहरुमा १ लाख ९६ हजार ६११ जनाको मृत्यु भएको छ । संक्रमितको संख्या ४५ लाख ६९ हजार १४७ पुगेको छ । त्यसमध्ये २२ लाख १३ हजार १२९ जना संक्रमणमुक्त भएका छन् ।

यस्तै एसियाली मुलुकहरूमा ७९ हजार ८९५ जनाको मृत्यु भएको छ । ३३ लाख ९७ हजार ३२८ जना संक्रमित भएकोमा २४ लाख ११ हजार ४५३ जना संक्रमणमुक्त भएका छन् ।

दक्षिण अमेरिकी मुलुकहरूमा १ लाख १७ हजार ८९१ जनाको मृत्यु भएको छ । ३२ लाख ६५ हजार २९९ जना संक्रमित भएकोमा २१ लाख २२ हजार ८६४ जना संक्रमणमुक्त भएका छन् ।

अफ्रिकी मुलुकहरूमा १५ हजार २१० जनाको ज्यान गएको छ भने ७ लाख २४ हजार ७०२ संक्रमित छन् । संक्रमितमध्ये ३ लाख ८३ हजार ३१६ जना संक्रमणमुक्त भएका छन् ।

त्यस्तै अष्ट्रेलियासहित ओसिनियाका मुलुकहरुमा १४५ जनाको मृत्यु भएको छ । १३ हजार ७४८ जना संक्रमित भएकोमा १० हजार ५७ जना संक्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ६ : २९ बजे

अर्थमन्त्री वाग्लेले दिए आफूमाथि प्रश्न उठाउनेको काण्ड छानबिन गर्ने धम्की

काठमाडौं– अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रतिपक्षतर्फ इसारा गर्दै आफूमाथि करको

रास्वपाकै सांसद अमरेशको टिप्पणी : यो आफैँमा फुलेको बेलुन हो, लामो समय टिक्दैन

काठमाडौं–  सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार

डाँका चोरी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ

काठमाडौं– डाँका चोरी मुद्दाका २ जना फरार प्रतिवादीहरूलाई बुधबार प्रहरीले पक्राउ

भन्सार छलेर ल्याइएका छ लाख बराबरका सामान बरामद

इनरुवा– सुनसरी जिल्ला विभिन्न स्थानबाट प्रहरीले भन्सार छली अवैध रूपमा

वाल्मीकि विद्यापीठको नक्कली पत्रबाट ८ विदेशीलाई अध्ययन भिसा, दुईजना पक्राउ

काठमाडौं– वाल्मिकी विद्यापीठको नक्कली पत्र प्रयोग गरी आठ विदेशी नागरिकले