भन्नलाई केही छैन, बार्सिलोना पर्दा पछाडि आत्मालोचना गर्दैछ – कप्तान मेस्सी | Khabarhub Khabarhub

भन्नलाई केही छैन, बार्सिलोना पर्दा पछाडि आत्मालोचना गर्दैछ – कप्तान मेस्सी


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको अन्तिम खेलमा फराकिलो जीत हात पारेको बार्सिलानाका कप्तान लियोनल मेस्सीले अहिले क्लबमा आन्तरिक छलफल चलिरहेको बताएका छन् ।

बिहीबार राति ओसासुनेसँगको २–१ गोलको हारसँगै उपाधि भिडन्तबाट पछि परेको बार्सिलोनाका अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान मेस्सीले क्लबको प्रदर्शनलाई लिएर टीममै छलफल भइरहेको बताएका हुन् ।

ओसासुनेसँगको हारपछि आफ्नै टीमसँग आलोचनात्मक रुपमा प्रस्तुत भएका मेस्सीले ला लिगाको अन्तिम खेलमा अल्भाससँग राम्रो खेलेको भन्दै टीमको बचाउ गरेका छन् ।

बार्सिलोनाले आइतबार राति अल्भासलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

‘हामीले मुख्य कुरा गरिरहेका छौं, पर्दा पछाडि आफ्नै आलोचना भइरहेको छ जुन स्वाभाविक हो,’ कप्तान मेस्सीले भने, ‘यो सिजन हाम्रा लागि सम्झनलायक रहेन नत नतिजामा न प्रदर्शनमा । आज हामीले एटिच्युट र कमिटमेन्टमा केही सुधार गर्‍यौ ।’

मेस्सीले आफ्नो टीमले इच्छाशक्तीका साथ खेल्दा सधै बलियो रहेको उल्लेख गर्दै आगामी दिनमा निरन्तरता दिने बताएका छन् । अहिले देखिएका समस्याहरुलाई च्याम्पियन्स लिगमा नापोलीसँगको खेल अगाडि नै समाधान गर्नु पर्नेमा मेस्सीले जोड दिएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ७ : ५४ बजे

समयमै रासायनिक मल नल्याउँदा किसान समस्यामा

कञ्चनपुर– सरकारले सहकारीमार्फत सहुलियत दरमा उपलब्ध गराउँदै आएको रासायनिक मल

गुरु नानक जयन्ती मनाइँदै

काठमाडौं– सिख धर्मका प्रवर्तक गुरु नानकको जन्मजयन्ती नेपालसहित विश्वका विभिन्न

रुसको पुनर्निर्माणका लागि उत्तर कोरियाले पठायो पाँच हजार सैनिक

सियोल – उत्तर कोरियाले ‘पूर्वाधार पुनर्निर्माण’ मा सहयोग गर्न रुसमा

माओवादीसहित ९ पार्टीबीच आज एकता घोषणा हुँदै

काठमाडौं- नेकपा माओवादी केन्द्रसहित ९ वटा पार्टीहरुबीच आज एकता घोषणा

केन्टकीमा इन्धन बोकेको कार्गो विमान दुर्घटना

काठमाडौं – केन्टकीमा ठूलो मात्रामा इन्धन बोकेको कार्गो विमान दुर्घटनाग्रस्त