भन्नलाई केही छैन, बार्सिलोना पर्दा पछाडि आत्मालोचना गर्दैछ – कप्तान मेस्सी « Khabarhub

भन्नलाई केही छैन, बार्सिलोना पर्दा पछाडि आत्मालोचना गर्दैछ – कप्तान मेस्सी


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – स्पेनिस ला लिगाको अन्तिम खेलमा फराकिलो जीत हात पारेको बार्सिलानाका कप्तान लियोनल मेस्सीले अहिले क्लबमा आन्तरिक छलफल चलिरहेको बताएका छन् ।

बिहीबार राति ओसासुनेसँगको २–१ गोलको हारसँगै उपाधि भिडन्तबाट पछि परेको बार्सिलोनाका अर्जेन्टिना तथा बार्सिलोनाका कप्तान मेस्सीले क्लबको प्रदर्शनलाई लिएर टीममै छलफल भइरहेको बताएका हुन् ।

ओसासुनेसँगको हारपछि आफ्नै टीमसँग आलोचनात्मक रुपमा प्रस्तुत भएका मेस्सीले ला लिगाको अन्तिम खेलमा अल्भाससँग राम्रो खेलेको भन्दै टीमको बचाउ गरेका छन् ।

बार्सिलोनाले आइतबार राति अल्भासलाई ५–० गोलको फराकिलो अन्तरले पराजित गरेको हो ।

‘हामीले मुख्य कुरा गरिरहेका छौं, पर्दा पछाडि आफ्नै आलोचना भइरहेको छ जुन स्वाभाविक हो,’ कप्तान मेस्सीले भने, ‘यो सिजन हाम्रा लागि सम्झनलायक रहेन नत नतिजामा न प्रदर्शनमा । आज हामीले एटिच्युट र कमिटमेन्टमा केही सुधार गर्‍यौ ।’

मेस्सीले आफ्नो टीमले इच्छाशक्तीका साथ खेल्दा सधै बलियो रहेको उल्लेख गर्दै आगामी दिनमा निरन्तरता दिने बताएका छन् । अहिले देखिएका समस्याहरुलाई च्याम्पियन्स लिगमा नापोलीसँगको खेल अगाडि नै समाधान गर्नु पर्नेमा मेस्सीले जोड दिएका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ७ : ५४ बजे

सुनचाँदीको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुन तोलामा

कोरला नाकाबाट ५४३ टन फलफूल आयात

मुस्ताङ– चीनबाट एघार दिनको अवधिमा पाँच सय ४३ टन फलफूल

एन्फा नेतृत्वविरुद्ध ९३ लाखको भ्रष्टाचार र खेल मिलेमतो मुद्दा दायर

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) का वर्तमान नेतृत्वविरुद्ध ९३

कांग्रेस महाधिवेशन : खुलामञ्चमा पनि मतदान जारी

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ कार्यसमिति चयनका लागि काठमाडौंको खुलामञ्चस्थित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा क्याथ ल्याब सेवा सुरु

दाङ- राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मुटुसम्बन्धी रोगको परीक्षण तथा उपचारका लागि