नेकपाको राजनीतिमा राष्ट्रपतिको सक्रियता लोकतन्त्रका लागि दुःखद : कांग्रेस नेता कोइराला « Khabarhub

नेकपाको राजनीतिमा राष्ट्रपतिको सक्रियता लोकतन्त्रका लागि दुःखद : कांग्रेस नेता कोइराला


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता देश र लोकतन्त्रका लागि नै दुःखद् भएको बताएका छन् ।

सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो पदको जिम्मेवारी, संविधानको  मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्न नसकेको टिप्पणी गरेका छन् ।

‘राष्ट्रपति सामान्य र राजनीतिक व्यक्ति होइन। साझा,सम्मानित र सर्वोच्च निकाय हो। राष्ट्रपतिले आफ्नो जिम्मेवारी, संविधानको मर्यादा र संस्थाको गरिमालाई ख्याल गर्नुपर्छ,’ कोइरालाले ट्वीटमा लेखेका छन्, ‘पछिल्ला दिनमा नेकपा भित्रको आन्तरिक राजनीतिमा राष्ट्रपतिको सक्रियता बढ्नु देश र लोकतन्त्रको लागी अत्यन्तै दुःखद हो।’

नेकपाभित्र शक्ति संघर्ष चुलिरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले शीर्ष नेताहरूसँगको भेटवार्ता बढाएकी छन् । उनले पछिल्लो पटक नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग संयुक्त छलफल गरेकी थिइन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : ५२ बजे

कांग्रेस महाधिवेशनमा ३० स्वास्थ्यकर्मी सहितको हेल्थ डेस्क, दुई एम्बुलेन्स मैदानमै

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा ३० जना स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्क

कृषि उद्यशिलताका लागि वैदेशिक रोजगारीबाट फर्केका युवालाई उच्च प्राथमिकता

काठमाडौँ– उर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालयअन्तर्गतको जलस्रोत तथा सिँचाइ विभागले

काठमाडौँ महानगरले अब हुलाकबाट चिठ्ठी पठाउने, गोश्वारा हुलाकसँग सम्झौता

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले विभिन्न निकायसँग हुने पत्र व्यवहारलाई हुलाक मार्फत

अन्तर्राष्ट्रिय सडक सञ्जालमा जोडिँदै काँकरभिट्टा–लौकही सडक

झापा– पूर्वी नेपालको प्रमुख व्यापारिक मार्गलाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने

संसदमा नयाँ भवन ऐन दर्ता : विपन्न नागरिकलाई ७५ हजारसम्म आवास अनुदान प्रस्ताव

काठमाडौँ– पूर्वाधार विकास मन्त्रालयले गरिब तथा विपन्न नागरिकको आवास सुनिश्चित