चीन र अफ्रिकाबीचको व्यापारमा भारी गिरावट « Khabarhub

चीन र अफ्रिकाबीचको व्यापारमा भारी गिरावट


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- कोरोना भाइरसका कारण चीन र अफ्रिकाबीचको व्यापारमा भारी गिरावट आएको छ । सन् २०२० को पहिलो ६ महिनामा अफ्रिकासँगको व्यापारमा १९.३ प्रतिशत अर्थात ८२.३७ बिलियन अमेरिकी डलरले गिरावट आएको जनाइएको छ ।

चीन अफ्रिकाको तेल, कपर र कोबाल्टलगायतका सामग्रीको ठूलो आयातकर्ता मुलुक हो । चीनले अफ्रिकाबाट आयात गर्ने सामग्रीमा ३१ प्रतिशत कटौती भएको छ भने अफ्रिकामा हुने निर्यातमा ८.३ प्रतिशत गिरावट आएको छ ।

चिनियाँ भन्सार सामान्य प्रशासनको तथ्यांकका अनुसार चीनले वर्षको पहिलो ६ महिनामा ४८.४२ बिलियन अमेरिकी डलर बराबरको सामान निर्यात गरेको छ । यसैगरी ३३.९५ बिलियन अमेरिकी डलर बराबरको कच्चा पदार्थ आयात गरेको छ ।

चीनका लागि दक्षिण अफ्रिका सामग्री आयातकर्ता मुलुकमध्येको मुख्य हो भने कच्चा पर्दाथको स्रोत पनि हो । दक्षिण अफ्रिका र चीनबीचको व्यापारमा २७.६ प्रतिशतले गिरावट आएको छ ।

चीनले दक्षिण अफ्रिकाबाट हुने आयातमा ३२.२ प्रतिशत अर्थात ८.६८ बिलियन अमेरिकी डलर बराबरको कटौती गरेको छ भने ६.२० बिलियन अमेरिकी डलर बराबरको आयात गरेको छ ।

भन्सार अधिकारीहरुले भने दुई मुलुकबीचको व्यापार अपेक्षा गरिएभन्दा राम्रो भएको बताएका छन् । कोरोना भाइरसको महामारीका कारण विश्वव्यापी अर्थतन्त्रमा मन्दी सिर्जना हुने र अन्तर्राष्ट्रिय व्यापार र लगानीमा संकुचन आउने बताइएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १० : २१ बजे

घरधनीकै योजनामा एसबीआई बैंकको शाखा लुटपाट, छविलालले हतियार व्यवस्थापनसँगै सूचना दिएका थिए

काठमाडौं-सिन्धुलीको घ्याङलेख गाउँपालिका–२ हायुटारस्थित नेपाल एसबीआई बैंकको शाखामा गत पुस

चितवन पुगेर प्रचण्डले भने- कांग्रेसको फुटले निर्वाचनलाई असर गर्दैन

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसको फुटका

हामीले आधिकारिकता नपाए देशभर आन्दोलन हुन्छ : खड्का

काठमाडौं- निर्वाचन आयोगले विधान अनुरूप आफूहरुलाई आधिकारिकता नदिए देशभर आन्दोलन

अफगानिस्तानमा खाद्य असुरक्षा : महिला र बालबालिका सबैभन्दा प्रभावित

काबुल– अफगानिस्तानमा कुपोषण सङ्कटले महिला तथा बालबालिकामाथि गम्भीर असर पुर्‍याइरहेको

पूर्णबहादुरले भने : निर्वाचन आयोगले हामीलाई मान्यता नदिए देशभर आन्दोलन गर्छौँ

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा समूहका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आफूहरूलाई