विवाह अघि नै आमाबुबा बन्ने बलिउडका ५ सेलिब्रेटी « Khabarhub

विवाह अघि नै आमाबुबा बन्ने बलिउडका ५ सेलिब्रेटी


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ग्ल्यामर उद्योगबाट आउने परिपार्टीले सँधै मानिसको आकर्षण तान्ने गर्छ । अझ फिल्मी क्षेत्र त्यसमा पनि बलिउडको प्रभाव बढी हुन्छ । उनीहरुको पर्सनल लाइफ पनि एक प्रकारको ट्रेण्ड झै रहँदै आएको छ ।

आजकल बलिउडका सेलिब्रेटीमा विवाह बिना अर्थात विवाह पहिले नै अभिभावक बन्ने परिपार्टी चलेको छ । यस्तै केहि बलिउड सेलिब्रेटीको चर्चा गरौ :

१. कल्कि केकंला
कल्कि केकंला गत गत फ्रेबुअरीमा एक छोरीलाई जन्म दिइन् । उनी गाई हेर्सवर्ग नामक इजराइली संगितकर्मीसंग प्रेममा थिइन् ।

कल्किले गर्भवती अवस्थालाई निकै आनन्दमयी बनाएकी थिइन् । उनले बेबी बम्प फ्लन्ट गर्दै कैयौं तस्बिर शेयर गरिन ।

कल्कि बलिउड फिल्म निर्देशक अनुराग कश्यपकी पूर्व पत्नी हुन् । उनीहरुको विवाह ४ बर्षसम्म टिकेको थियो त्यसपछि दुबैले डिभोर्स गरे ।

२. एमी ज्याक्सन
कैयौं साउथ इण्डियन र हिन्दी फिल्मकी अभिनेत्री एमी जैक्सन जर्ज पनाइओटोका साथ रिलेशनशिपमा छन् ।

दुबैले सन् २०१९ को मेमा इन्गेजमेन्ट गरेका थिए । तर सोहि बर्षको सेटेम्बरमा एमीले एक छोरालाई जन्म दिइन् । तर उनीहरुबीच अझै विवाह भएको छैन ।

एमीका अनुसार जर्जसंग उनी चाडै विवाह गर्नेवाला छिन् । स्मरण रहोस् एमी अभिनेता प्रतीक बब्बरका साथ पनि डेट गरिसकेकी छन् ।

३. अर्जुन रामपाल

बलिउड अभिनेता अर्जुन रामपाल गत बर्षको जुलाईमा तेश्रो पटक पिता बने । अर्जुन रामपालकी प्रेमिका गैब्रिएलाले उनको छोरालाई जन्म दिएकी हुन् ।

यी दुबैबीच अझैसम्म विवाह भएको छैन । अर्जुनको पहिलो श्रीमतीबाट दुई छोरीहरु छन् ।

४. नीना गुप्ता
एक समय वेस्ट इण्डिजका क्रिकेटर रहेका विवियन रिचर्डसंग बलिउडकी दिग्गज कलाकार नीना गुप्ता रिलेशनशिपमा थिइन् । यस सम्बन्धबाट नीनाले एक छोरीलाई जन्म दिइन् ।

उनकी छोरी मसाबा चर्चित डिजाइनर हुन् । तर नीना र रिचर्डले भने अझैसम्म विवाह गरेका छैनन् ।

५. नेहा धुपिया
नेहा धूपियाले सन् २०१८ को मेमा अंगद बेदीसंग लुकिछिपि विवाह गरिन् । उनको विवाहले बलिउडमा निकै ठुलो हल्ला फैलिएको थियो ।

नेहाले त्यहि बर्षको नोभेम्बरमा एक छोरीलाई जन्म दिइन् । त्यस पश्चात मात्र नेहा विवाहअघि गर्भवती रहेको रहस्य अंगद बेदीले सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १२ : २५ बजे

आफ्नै आन्दोलनको बलमा बनेको सरकारमाथि खनिन थाले जेन-जी

काठमाडौं- जेन–जीहरूको म्यान्डेटबाट बनेको सुशीला कार्की नेतृत्वको सरकारले सय दिने

दीपकले ‘परान’बाट तोडे यी निर्देशकको रेकर्ड

काठमाडौं – टेलिसिरियल ‘सक्किगोनी’ टिमले बनाएको फिल्म ‘लाज शरणम्’बाटै दीपक

क्रेमलिनद्वारा त्रिपक्षीय वार्ताको सम्भावना अस्वीकार

मस्को- युक्रेनमा जारी द्वन्द्व अन्त्य गर्ने उद्देश्यले कूटनीतिज्ञहरू अमेरिकाको मियामी

‘एनएफपिजे’ द्वारा पाँच विधाका फोटो पत्रकार सम्मानित

काठमाडौं– राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे)ले आफ्नो २८औँ वार्षिक