विवाह अघि नै आमाबुबा बन्ने बलिउडका ५ सेलिब्रेटी « Khabarhub

विवाह अघि नै आमाबुबा बन्ने बलिउडका ५ सेलिब्रेटी


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ग्ल्यामर उद्योगबाट आउने परिपार्टीले सँधै मानिसको आकर्षण तान्ने गर्छ । अझ फिल्मी क्षेत्र त्यसमा पनि बलिउडको प्रभाव बढी हुन्छ । उनीहरुको पर्सनल लाइफ पनि एक प्रकारको ट्रेण्ड झै रहँदै आएको छ ।

आजकल बलिउडका सेलिब्रेटीमा विवाह बिना अर्थात विवाह पहिले नै अभिभावक बन्ने परिपार्टी चलेको छ । यस्तै केहि बलिउड सेलिब्रेटीको चर्चा गरौ :

१. कल्कि केकंला
कल्कि केकंला गत गत फ्रेबुअरीमा एक छोरीलाई जन्म दिइन् । उनी गाई हेर्सवर्ग नामक इजराइली संगितकर्मीसंग प्रेममा थिइन् ।

कल्किले गर्भवती अवस्थालाई निकै आनन्दमयी बनाएकी थिइन् । उनले बेबी बम्प फ्लन्ट गर्दै कैयौं तस्बिर शेयर गरिन ।

कल्कि बलिउड फिल्म निर्देशक अनुराग कश्यपकी पूर्व पत्नी हुन् । उनीहरुको विवाह ४ बर्षसम्म टिकेको थियो त्यसपछि दुबैले डिभोर्स गरे ।

२. एमी ज्याक्सन
कैयौं साउथ इण्डियन र हिन्दी फिल्मकी अभिनेत्री एमी जैक्सन जर्ज पनाइओटोका साथ रिलेशनशिपमा छन् ।

दुबैले सन् २०१९ को मेमा इन्गेजमेन्ट गरेका थिए । तर सोहि बर्षको सेटेम्बरमा एमीले एक छोरालाई जन्म दिइन् । तर उनीहरुबीच अझै विवाह भएको छैन ।

एमीका अनुसार जर्जसंग उनी चाडै विवाह गर्नेवाला छिन् । स्मरण रहोस् एमी अभिनेता प्रतीक बब्बरका साथ पनि डेट गरिसकेकी छन् ।

३. अर्जुन रामपाल

बलिउड अभिनेता अर्जुन रामपाल गत बर्षको जुलाईमा तेश्रो पटक पिता बने । अर्जुन रामपालकी प्रेमिका गैब्रिएलाले उनको छोरालाई जन्म दिएकी हुन् ।

यी दुबैबीच अझैसम्म विवाह भएको छैन । अर्जुनको पहिलो श्रीमतीबाट दुई छोरीहरु छन् ।

४. नीना गुप्ता
एक समय वेस्ट इण्डिजका क्रिकेटर रहेका विवियन रिचर्डसंग बलिउडकी दिग्गज कलाकार नीना गुप्ता रिलेशनशिपमा थिइन् । यस सम्बन्धबाट नीनाले एक छोरीलाई जन्म दिइन् ।

उनकी छोरी मसाबा चर्चित डिजाइनर हुन् । तर नीना र रिचर्डले भने अझैसम्म विवाह गरेका छैनन् ।

५. नेहा धुपिया
नेहा धूपियाले सन् २०१८ को मेमा अंगद बेदीसंग लुकिछिपि विवाह गरिन् । उनको विवाहले बलिउडमा निकै ठुलो हल्ला फैलिएको थियो ।

नेहाले त्यहि बर्षको नोभेम्बरमा एक छोरीलाई जन्म दिइन् । त्यस पश्चात मात्र नेहा विवाहअघि गर्भवती रहेको रहस्य अंगद बेदीले सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  १२ : २५ बजे

नेपाल प्रहरीको अस्थायी अस्पताल सञ्चालन

त्रिशूली– भोटेकोशी नदीमा आएको बाढीपश्चात् उत्पन्न हुनसक्ने स्वास्थ्य समस्यालाई मध्यनजर

अस्थायी दरबन्दीका स्वास्थ्यकर्मीलाई अन्यत्र नखटाउन मधेश सरकारको निर्देशन

जनकपुर– मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र जिम्मेवारी नदिन

जलविद्युत् आयोजनामा कार्यरतका आफन्त भन्छन् : ‘न सास भेट्यो न लास’

रसुवा– जुल्लाको गुठीचौर गाउँपालिका-१ चोथ्राका सर्पसिंह महतारा २१६ मेगावाट क्षमताको

रसुवा बाढीले विभिन्न बैंकका १७ वटा शाखा प्रभावित

काठमाडौं– रसुवाको भोटेकोशीमा यही भदौ १० गते आएको बाढीका कारण

‘टिम्बुरे टु त्रिवेणी’ अपरेशन : शव व्यवस्थापन र ‘डीएनए’ परीक्षणलाई तीव्रता

नुवाकोट– नेपाल प्रहरीको ‘टिम्बुरे टु त्रिवेणी’ विशेष अपरेशनअन्तर्गत बाढी प्रभावित