चीनमा खुल्न थाले ६ महिनादेखि बन्द भएका सिनेमा घर « Khabarhub

चीनमा खुल्न थाले ६ महिनादेखि बन्द भएका सिनेमा घर


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनमा कोरोना भाइरसको संक्रमण न्यून गर्न भन्दै बन्द गरिएका सिनेमा घरहरु खोल्न थालिएका छन् ।

चिनियाँ प्रशासनले सोमवारदेखि कम जोखिम भएका स्थानहरुमा सिनेमा घर खोल्न सकिने बताएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार चीनका धेरैजसो स्थानलाई कम जोखिम भएको क्षेत्रका रुपमा छुट्याइएको छ । अब प्रतीक्षामा रहेका सिनेमा पनि प्रदर्शनमा आउने जनाइएको छ ।

चीनका सिनेमा घर बन्द हुँदा हलिउड सिनेमाको समेत प्रदर्शन मिति पछाडि सारिएको थियो । चीनमा लकडाउनले गर्दा ६ महिनादेखि सिनेमा हल पूर्ण रुपमा बन्द गरिएका थिए ।

सिनेमा घर खुले पनि हलमा जम्मा ३० प्रतिशत दर्शक राख्न पाउने, टिकट अनलाइनमार्फत किन्नुपर्ने शर्त राखिएको छ । यस्तै दर्शकलाई पनि अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भनिएको छ ।

त्यसैगरी सिनेमा घरमा खानेकुरा बेच्न नपाइने र १ मिटरको दूरी कायम गर्नुपर्ने नियम राखिएको छ ।

चीन विश्वकै दोस्रो ठूलो सिनेमा बजार हो । सन् २०१९ मा चीनको सिनेमा बजारमा नौ अर्बभन्दा बढी कारोबार भएको थियो । यो वर्ष भने कोरोना भाइरसका कारण सिनेमा क्षेत्रलाई अर्बौं रुपैयाँ घाटा भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  २ : ४१ बजे

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट

घटबढ भएन पेट्रोलियम पदार्थको मूल्य, पाक्षिक घाटामात्रै ८१ करोड ३५ लाख

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखेको

भोलिदेखि ग्यासको बिक्री–वितरण नियमित प्रक्रियाबाटै

काठमाडौं । नेपाल आयल निगमले भोलिदेखि सम्बन्धित उद्योगले नियुक्त गरेका

देउवाको स्वागतमा प्रयोग भएका गाडी र मोटरसाइकललाई ट्राफिकको कारबाही

काठमाडौं – नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा काठमाडौं फर्किँदा स्वागतमा

विजयपुर खोलाले बगाएका दुई बालक अझै बेपत्ता

कास्की – पोखराको विजयपुर खोला तर्ने क्रममा शनिबार दिउँसो बगेर