चीनमा खुल्न थाले ६ महिनादेखि बन्द भएका सिनेमा घर « Khabarhub

चीनमा खुल्न थाले ६ महिनादेखि बन्द भएका सिनेमा घर


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ – चीनमा कोरोना भाइरसको संक्रमण न्यून गर्न भन्दै बन्द गरिएका सिनेमा घरहरु खोल्न थालिएका छन् ।

चिनियाँ प्रशासनले सोमवारदेखि कम जोखिम भएका स्थानहरुमा सिनेमा घर खोल्न सकिने बताएको बीबीसीले जनाएको छ ।

बीबीसीका अनुसार चीनका धेरैजसो स्थानलाई कम जोखिम भएको क्षेत्रका रुपमा छुट्याइएको छ । अब प्रतीक्षामा रहेका सिनेमा पनि प्रदर्शनमा आउने जनाइएको छ ।

चीनका सिनेमा घर बन्द हुँदा हलिउड सिनेमाको समेत प्रदर्शन मिति पछाडि सारिएको थियो । चीनमा लकडाउनले गर्दा ६ महिनादेखि सिनेमा हल पूर्ण रुपमा बन्द गरिएका थिए ।

सिनेमा घर खुले पनि हलमा जम्मा ३० प्रतिशत दर्शक राख्न पाउने, टिकट अनलाइनमार्फत किन्नुपर्ने शर्त राखिएको छ । यस्तै दर्शकलाई पनि अनिवार्य रुपमा मास्कको प्रयोग गर्न भनिएको छ ।

त्यसैगरी सिनेमा घरमा खानेकुरा बेच्न नपाइने र १ मिटरको दूरी कायम गर्नुपर्ने नियम राखिएको छ ।

चीन विश्वकै दोस्रो ठूलो सिनेमा बजार हो । सन् २०१९ मा चीनको सिनेमा बजारमा नौ अर्बभन्दा बढी कारोबार भएको थियो । यो वर्ष भने कोरोना भाइरसका कारण सिनेमा क्षेत्रलाई अर्बौं रुपैयाँ घाटा भएको छ ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  २ : ४१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै