मीन भामको फिल्म ‘चिसो वर्ष’ ले पायो एक करोडको पुरस्कार « Khabarhub

मीन भामको फिल्म ‘चिसो वर्ष’ ले पायो एक करोडको पुरस्कार


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – निर्देशक मीन भामले बनाउने फिल्म ‘चिसो वर्ष’ ले एक करोडभन्दा बढीको पुरस्कार जितेको छ । फिल्मले टुवेल्फ पुन्टो स्क्रिप्ट ल्याबले दिने ७५ हजार युरोको पुरस्कार पाएको हो ।

स्क्रिप्टल्याबले १२ स्क्रिप्टमध्ये ३ वटा फिल्मलाई पुरस्कार दिएको थियो । शनिवार राति मीनले ‘चिसो वर्ष’ले पुरस्कार पाएको थाहा पाएको जानकारी दिए ।

यो पुरस्कार उनका टर्किस निर्मातालाई दिइएको हो । प्रतिस्पर्धामा आवेदन हाल्न उनीहरुले नै हौसाएका थिए । उनले आफ्नो स्क्रिप्ट ल्याबमा पठाएका थिए ।

पुन्टो स्क्रिप्ट ल्याबले हरेक वर्ष उत्कृष्ट स्किृप्टलाई पुरस्कार प्रदान गर्दै आएको छ ।

‘चिसो वर्ष’ ले यसअघि पनि विभिन्न पुरस्कार पाएको छ । २ महिनाअघि ‘ब्रेड फर द वर्ल्ड २०२०’ ले यो स्क्रिप्टलाई २७ लाख रुपैयाँ दिएको थियो ।

नेपालको हिमाली भेगमा हुने बहुपतिप्रथाको कथामा आधारित यो स्क्रिप्टमाथि फिल्म बनाउन टर्की, सिंगापुर, नर्वेसहित गरी ८ निर्माताले सहकार्य गर्नेछन् ।

फिल्ममा लगानी बढी गरिने जनाइएको छ । फिल्मको स्क्रिप्टले यसअघि ‘एसियन सिनेमा फण्ड’, ‘सिनेमाज डु मण्डे’, ‘टोरिनो फिचरल्याब’, ‘कान फेस्टिभल’, ‘एसियन प्रोजेक्ट मार्केट’ बाट पनि पुरस्कार पाएको छ ।

मीनका अनुसार पुरस्कारबाट फिल्मको ७२ प्रतिशत लगानी उठिसकेको छ । ५ वर्षदेखि उनले फिल्मको स्क्रिप्ट लेखिरहेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ३ : ३९ बजे

काठमाडौँमा नवौँ राष्ट्रिय स्केटबोर्ड प्रतियोगिता, मन्त्री पोखरेलले भने, ‘यमबुद्ध पार्क सोचेजस्तै बनेछ’

काठमाडौं- शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले काठमाडौं महानगरपालिकामा हुँदा आफूहरूले

बागमती मन्त्रिपरिषद् बैठक : मानव उद्धार पुनः स्थापन कार्यविधि स्वीकृत

मकवानपुर– बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार

रास्वपा महाधिवेशन : यी हुन् पदाधिकारीका आकांक्षी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीको पहिलो महाधिवेशन असार ७ गतेबाट चितवनमा

फोहोर व्यवस्थापनमा काठमाडौं महानगरले ‘पोलुटर्स पे प्रिन्सिपल’ लागू गर्ने

काठमाडौं– काठमाडौं महानगरपालिकाले फोहोर व्यवस्थापनलाई दिगो, व्यवस्थित र आधुनिक बनाउन

आँखुखोला जलविद्युत कम्पनीको १७औँ र १८औँ संयुक्त वार्षिक साधरणसभा सम्पन्न

काठमाडौं– आँखुखोला जलविद्युत कम्पनीले आफ्नो १७औँ र १८औँ संयुक्त वार्षिक