कंगनाले आलियालाई भनिन् – अवार्ड लिँदा लाज लागेन ? « Khabarhub

कंगनाले आलियालाई भनिन् – अवार्ड लिँदा लाज लागेन ?


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको आत्महत्यापछि अभिनेत्री कंगना रनावतले बलिउडमा नेपोटिज्म भएको आरोप लगाइन् । उनको यो भनाइसँगै नेपोटिज्ममाथि बहस भइरहेको छ ।

कंगनाले बलिउड माफिया भन्दै कैयन् सेलिब्रेटीको विरुद्धमा बोलेकी छिन् । उनले केही चल्तीका कलाकारका कारण सुशान्तले आत्महत्या गरेको बताएकी छिन् ।

हालै उनले एक अन्तर्वार्ताका क्रममा बलिउडमा ठूला हस्तीले बाहिरी कलाकारलाई मतलब नगर्नेबारे बताएकी थिइन् ।

‘उन (सुशान्त सिंह राजपूत)लाई यो देखेर डर लागेको थियो होला कि, आइफा अवार्ड, लण्डनमा कसरी अपमान गरेका थिए, जबकि बलिउडमा नेपोटिज्म रकेट अब दर्शकसम्म आइपुगेको छ, र पनि यसलाई कसैले रोकेका छैनन्, उनीहरुले अवार्ड समारोहमा एकअर्काको काँध थमथमाउनका लागि कति ठूलो घोटाला गर्छन् ।’

कंगनाले विना कुनै आधारमा अवार्डमा हुने नामांकन र चयनको अनुचित व्यवहारबारे पनि बोलेकी छिन् ।

‘बरु दीपिका (पादुकोण) ले अवार्ड पाउने भावना राख्दिनन्, उनले ह्याप्पी न्यू इयरका लागि अवार्ड पाउँदा क्वीनको प्रदर्शन राम्रो थियो भनेर स्वीकारेकी थिइन्,’ कंगना भन्छिन् ।

तर‌, आलिया (भट्ट)ले भने अवार्ड लिन लाज नमानेको कंगनाले बताएकी छिन् । उनले भनिन्, ‘आलियाले गली ब्यायमा १० मिनेटको भूमिका निभाएर मुख्य भूमिकाको अवार्ड स्वीकार गर्दा कुनै लाज लाज लागेन ।’

सुशान्त सिंह राजपूतको आत्महत्यापछि बलिउडका हस्तीहरूलाई दर्शकले गाली गरिररहेका छन् । सुशान्तका फ्यानले करण जोहर, आलिया भट्ट, सलमान खान, सोनाक्षी सिन्हा लगायत सेलिब्रेटीलाई दोषी देखाउँदै गाली गरिरहेका छन् ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ६ : १२ बजे

भारी वर्षाको कारण जलमग्न सहभागिता मार्ग (तस्बिरहरू)

काठमाडौं– भारी वर्षाको कारण काठमाडौं महानगरपालिका १० सहभागिता मार्ग जलमग्न

सरकारको नयाँ सिस्टमले हैरान युवा, सातादेखि भर्न पाएनन् राहदानीको आवेदन फारम

काठमाडौं- सरकारले नयाँ आर्थिक वर्षसँगै लागु गरेको नयाँ प्रणालीका कारण

जिटुजीमार्फत् खरिद गरेको रासायनिक मल विराटनगरमा

विराटनगर– सरकारले जिटुजीमार्फत् खरिद गरेको रासायनीक मल विराटनगर आउन शुरु

पछिल्लो पाँच वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्चका न्यायाधीशमा नरिश्वर पहिलो

काठमाडौं- पछिल्लो पाँच आर्थिक वर्षमा सर्वाधिक मुद्दा फैसला गर्ने उच्च

ककरोच जनता पार्टीसँग भारत सरकारले माग्यो शनिबारसम्मको समय

काठमाडौं- भारतीय सत्तापक्ष र ककरोच जनता पार्टीका प्रतिनिधिहरूबीच दिल्लीस्थित कन्स्टिट्युसन