बागमतीको बाढीले सुकुम्बासी बस्ती डुबानमा (फोटोफिचर)  « Khabarhub

बागमतीको बाढीले सुकुम्बासी बस्ती डुबानमा (फोटोफिचर) 


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बागमती नदीमा आएको बाढीका कारण काठमाडौंको त्रिपुरेश्वर आसपासको क्षेत्र डुबानमा परेको छ ।

बागमतीमा आएको बाढीले थापाथली, टेकु र त्रिपुरेश्वर आसपासका सुकुम्बासी बस्ती डुबानमा परेका हुन्। सो क्षेत्रमा बाढी पसेर घर तथा टहरा जलमग्न भएको प्रहरीले जनाएको छ ।

बाढीबाट हुन सक्ने सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै उद्धारका लागि नेपाल प्रहरी र नेपाली सेनाको टोली खटिएको छ ।

लगातारको वर्षाका कारण काठमाडौं उपत्यकाका नदी तथा खोलामा ठूलो बाढी आएको छ। बागमती, विष्णुमति, मनोहरा, टुकुचा, धोबीखोला लगायतमा पानीको सतह निकै माथि पुगेको छ ।

बाढीका कारण काठमाडौंका अन्य स्थानमा पनि घरभित्र पानी पसेको छ । आज बिहान मात्रै गोकर्णमा बाढीले एउटा मोटरसाइकल बगाएको थियो ।

 

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ७ : ३७ बजे

प्रधानमन्त्री कार्यालयको साप्ताहिक ब्रिफिङ: के गर्दैछ सरकार ?

काठमाडाैँ – आगामी चाडपर्व र विपद्पश्चात्को अवस्थामा आपूर्ति शृंखलामा पर्न

पिकअप जिपमा सिटी सफारी ठोक्किँदा २ वर्षीया बालिकाको मृत्यु, एक वृद्धा घाइते

उदयपुर– त्रियुगा नगरपालिका-११ फिल्म हल नजिक मदन भण्डारी लोकमार्गमा पिकअप जिपमा

कङ्गोमा इबोला घट्दै, सीमापार फैलिने जोखिम

किन्शासा– प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला सङ्क्रमण केही क्षेत्रमा घटे पनि

खाद्यको सहुलियत बिक्री केन्द्रमा उपभोक्ता आकर्षित

राँझा– चाडपर्वलाई लक्षित गरी खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको नेपालगञ्जस्थित

कांग्रेस महाधिवेशन: मतदानको समय ५ बजेसम्म थपियो

काठमाडाैँ – नेपाली कांग्रेसको काठमाडौंमा भइरहेको १५औँ महाधिवेशनअन्तर्गत नयाँ केन्द्रीय