भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने मन्त्रिपरिषदको निर्णय | Khabarhub Khabarhub

भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने मन्त्रिपरिषदको निर्णय


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सरकारले भदौ १ गतेबाट हवाई सेवा सञ्चालनमा ल्याउने भएको छ।

सोमवार बालुवाटारमा बसेको बैठकले हवाई सेवा १ गतेबाट सञ्चालनमा ल्याउने निर्णय गरेको हो। आन्तरिक र बाह्य दुवै उडान सञ्चालनमा ल्याउने निर्णय भएको एक मन्त्रीले जानकारी दिए ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि लकडाउनको समयमा आन्तरिक र बाह्य दुवै उडान उडान बन्द गरिएको थियो।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले हवाई उडान सेवा सञ्चालन गर्ने विषयमा कोभिड १९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)मा प्रस्ताव पेश गरेको थियो ।

उडान सञ्चालनका लागि आवश्यक प्रोटोकल बनाउने जिम्मेवारी बैठकले पर्यटन मन्त्रालयलाई दिएको जनाइएको छ ।नेपालमा कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले गत वर्ष चैत्र ११ गतेबाट हवाई सेवा बन्द गरेको थियो ।

 

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ८ : १४ बजे

विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ

काठमाडौं – विश्व सम्पदास्थल स्वयम्भूमा सरसफाइ गरिएको छ । यही

प्रकृतिको संरक्षण भएमात्र मानव सुरक्षित हुन्छ : अध्यक्ष बस्नेत

रौतहट –प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले प्रकृतिको संरक्षण भएमात्र

गाजाबाट १७ अमेरिकी डाक्टरको उद्धार

वासिङ्टन – इजरायलले राफाहबाट इजिप्ट जाने सीमा बन्द गरेपछि गाजामा

राष्ट्रिय साइकल दौड: प्रकाश र उषा च्याम्पियन

कास्की – पोखरामा आज सम्पन्न राष्ट्रिय साइकल दौड प्रतियोगिताको उपाधि

दाङमा खोलामा डुबेर एक बालकको मृत्यु

दाङ – दाङस्थित अर्जुनखोलामा पौडी खेल्ने क्रममा डुबेर एक जनाको