तनहुँमा बाढी पहिरो : १३ घर भत्किए, ९६ घर जोखिममा  « Khabarhub

तनहुँमा बाढी पहिरो : १३ घर भत्किए, ९६ घर जोखिममा 


५ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- अविरल वर्षापछि आएको पहिरोका कारण तनहुँमा १०९ घर परिवारको विचल्ली भएका छन् ।

अविरल वर्षाले १३ घर पूर्णरुपले भत्किएको र ९६ घर जोखिमपूर्ण अवस्थामा रहेको हुँदा ती घरमा आश्रित परिवार विचल्ली परेका छन् ।

गत असार २८ र २९ गते र पुनः आइतबार रातिदेखि हालसम्म पनि परिरहेको वर्षाले क्षति पुगेको प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए ।

जोखिममा परेकालाई स्थानीय सामुदायिक भवन र सामुदायिक विद्यालयमा स्थानान्तरण सारिएको उनले बताए ।

जिल्लाको ऋषिङ गाउँपालिका, भानु नगरपालिका, भिमाद नगरपालिका, शुक्लागण्डकी नगरपालिका, व्यास नगरपालिका, आँबुखैरेनीलगायतका क्षेत्रका मानिस बढी मात्रामा पहिरोको जोखिममा परेका छन् ।

त्यसैगरी नदी तथा खोला किनार आसपासमा बस्ने घरपरिवार पनि बाढी पहिरोको कारण विस्थापित बनेका छन् । वर्षायाममा खोला नदी किनारतर्फ नजान प्रशासनले सबैलाई आग्रह गरेको छ । प्रजिअ अधिकारीले बाढी पहिरोले घर पूर्णरुपमा क्षति भएमा रु १० हजार राहत दिने कानूनी व्यवस्था रहेको उनले बताए ।

त्यसैगरी शुक्लागण्डकी नगरपालिका–७ स्थित शान्तिनगरका आठ घर परिवार पहिरोको उच्च जोखिममा परेसँगै घरबास छाडेर अन्यत्र सारिएको छ ।

नगरपालिकाको समन्वयमा उनीहरुको तत्कालको गाँस र बासको व्यवस्था वडाले गरेको वडाध्यक्ष रामबहादुर थापा क्षेत्रीले जानकारी दिए ।

पहिरोको जोखिममा रहेका आठ घरधुरीका ३६ जनालाई अहिले सुरक्षित स्थानमा सारिएको इलाका प्रहरी कार्यालय बेलचौताराका प्रहरी निरीक्षक जगदीश रेग्मीले बताए ।

त्यसैगरी तनहुँको भानु नगरपालिका–९ सिमलगैह्रामा आज दिउँसो घर माथिबाट आएको पहिरोले दुई घर बगाउँदा क्षति भएको छ । महेन्द्र धौरालीको घर भत्किएसँगै घरमा रहेका आमा ८० वर्षीय तिलमाया र छोरी १७ वर्षीय दीपसा बेपत्ता भएका हुन् ।

बेपत्तामध्ये छोरी दीपसालाई बाहिर निकालेर उपचारका लागि अस्पताल लैजाने तयारी गरे पनि पहिरोले भानुको तुरतुरेमा सडक अवरुद्ध भएपछि लैजान समस्या भएको वडाध्यक्ष निलन संजिव श्रेष्ठले बताए । डोजर मगाएर अवरुद्ध सडक खुलाउन पहल भइरहेको उनले जानकारी दिए ।

घटनाको जानकारी पाएलगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी र स्थानीयवासी मिलेर खोजी बेपत्ता एक जनाको खोजी कार्य भइरहेको नायब निरीक्षक कविन्द्र गुरुङले बताए ।

प्रकाशित मिति : ५ श्रावण २०७७, सोमबार  ९ : ४६ बजे

अप्रिलमा एक लाख सात हजार पर्यटक नेपाल भित्रिए

काठमाडौं – सन् २०२६ को अप्रिल महिनामा एक लाख सात

पाँच लाख धरौटी तिरेर छुटेलगत्तै शेखर गोल्छा बीमासम्बन्धि कसुरमा पुनः पक्राउ

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छा धितोपत्र

हितेन्द्रदेव शाक्यसहित विद्युत प्राधिकरणअन्तर्गतका १० जना पदमुक्त

काठमाडौँ । सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलयातलाई

चालकले अटेर गर्दा रोशीको बाढीमा फसे ५ माइक्रो

काठमाडौँ । काभ्रेपलाञ्चोकको रोशी खोलाको बाढीमा ५ वटा माइक्रो बस

काभ्रेको रोशी खोलामा ५ माइक्रोबस फसे, उद्धार प्रयास जारी

काभ्रेपलाञ्चोक – अविरल बहाव बढेपछि काभ्रेपलाञ्चोकको रोशी खोलामा ५ वटा